२०८२, मंसिर ८ गते

Nov 24 2025 | २०८२, मंसिर ८ गते

अष्ट्रेलियाको संघीय राजधानीमा संकटकाल घोषणा

शुक्रवार , श्रावण ८, २०७८

  • 2.4K
    Shares
  • 2.4K
    Shares
  • सिड्नी, ८ साउन । अष्ट्रेलियाको संघीय राजधानी सिड्नीमा संकटकाल घोषणा गरिएको छ । कोरोनाभाइरसको महामारी बढ्दै गएकाले त्यसलाई न्युनिकरण गर्नका लागि शुक्रबार संकटकाल घोषणा गरिएको सरकारी अधिकारीहरुले जनाएका छन् ।
    केन्द्रीय राजधानी समेत पर्ने न्यु साउथ वेल्स प्रदेश सरकारले महामारी सुरु भएदेखिकै सवैभन्दा धेरै सङ्क्रमण पुष्टि भएपछि संकटकाल लगाउने निर्णय गरेको हो । 

    प्रदेश सरकारका अनुसार पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएको छ भने १३६ जना नयाँ सङ्क्रमित थपिएका छन् । यो सङ्ख्या अहिलेसम्मकै धेरै भएको बताइएको छ ।प्रदेश मुख्यमन्त्री ज्लाडीस बेरेजिक्लीयनले प्रदेश भित्रका सवैलाई खोपको व्यवस्थापन गर्न आग्रह गरेका थिए। राजधानी सिड्नीमा एक महिना अगाडिदेखि लकडाउन जारी रहेको छ । लकडाउन हुदाँ हुदै पनि महामारी कम नभएपछि संकटकाल लगाउनु परेको हो । रासस