२०८२, श्रावण १७ गते

Aug 02 2025 | २०८२, श्रावण १७ गते

रुपन्देहीमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि

बिहिवार , श्रावण ७, २०७८

७ साउन, भैरहवा । 

रुपन्देहमिा पछिल्लो २४ घण्टामा ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार एक सय ४७ जनामा गरिएको आरटी पीसीआर परीक्षणमा ९  जनामा संक्रमण पुष्टि भएको हो ।

हालसम्म रुपन्देहीमा २८  हजार ८  सय ८९  जनामा कोरोना संक्रमण पुष्ठी भएको छ भने  २८  हजार  ४९  जना  संक्रमण मुक्त भएका छन्  ।

हालसम्म कोरोना संक्रमणका कारण  जिल्लामा ५ सय ६ जनाको मृत्यु भएको छ  ।

कुन पालिकामा कति संक्रमित  थपिए ?

स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार बुटवल उपमहानगरपालिकामा,  तिलोत्तमा नगरपालिका र  देवदह नगरपालिकामा र २/२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै सैनामैना नगरपालिका , सिद्धार्थनगर नगरपालिकामा र शुद्धोधन गाउँपालिकामा १/१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।