images

सोमवार, बैशाख २४ गते २०८१

सिद्धार्थनगरमा किसानलाई कृषि औजार वितरण

सिद्धार्थनगरमा किसानलाई कृषि औजार वितरण

images
images
images
बिहिवार, श्रावण ७ २०७८
बिहिवार, श्रावण ७ २०७८
  • सिद्धार्थनगरमा किसानलाई कृषि औजार वितरण

    भैरहवा, ७ साउन ।
    रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले बिहीबार नगरका विभिन्न वडामा रहेका कृषकहरुलाई साना कृषि औजार तथा यन्त्र वितरण गरेको छ । नगरपालिकाले ५० प्रतिशत अनुदानमा पम्पसेट, सिंचाई मोटर, च्यापकटर र रुटाभेटर वितरण गरेको हो ।  सिद्धार्थनगर नगरपालिका कृषि विकास शाखाको आयोजनामा नगरप्रमुख हरि प्रसाद अधिकारी र उपप्रमुख उमा काफ्लेले संयुक्त रुपमा उक्त सामाग्री हस्तान्तरण गरेका हुन् । 

    images
    images
    images

    लुम्बिनी प्रदेश सरकारबाट प्राप्त सशर्त अनुदान कोभिड विशेष कार्यक्रम अन्र्तगत साना कृषि औजार तथा उपकरण वितरण गरिएको नगरप्रमुख हरिप्रसाद अधिकारीले बताए । उनले सो सामाग्रीले किसानलाई केहि भए पनि राहत हुने बताए । नगरभित्रका किसानलाई कृषि औजारले थप टेवा मिल्ने उपप्रमुख उमा काफ्लेले बताइन् । 

    नगरभित्रका ८१ जना किसानले दिएको निवेदन अनुसार ७५ जना किशान छनौटमा परेका थिए । छनौट मध्ये ३८ जनाले पचास प्रतिशत अनुदानमा संलग्न भएकालाई वितरण गरिएको नगरपालिका कृषि शाखा प्रमुख योगेन्द्र यादवले बताए । जस अनुसार चारा काट्ने मेशिन च्यापकटर आठ वटा, पेट्रोल होण्डा पम्पसेट आठ वटा, डिजेल पम्पसेट किर्लोस्करको १९ वटा र रुटाभेटर ट्रयाक्टर चालित एउटा वितरण गरिएको यादवले जानकारी दिए । 

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij