बुधवार , श्रावण ६, २०७८
काठमाडौँ, ६ साउन ।
नेपाली कांग्रेसका नेता गगन थापाले कुनैपनि व्यक्तीले बिदेशमा गरेको उपचार खर्च सरकारले व्योहोर्ने विषय गैरकानुनी रहेको बताएका छन् ।
२०७४ सालमा बनेको जनस्वास्थ्य ऐनमा कुनै व्यक्तिलाई विदेशमा उपचार गर्नु परेमा सो को लागि लाग्ने खर्च नेपाल सरकारबाट उपलब्ध गराइने छैन् भन्ने व्यवस्था छ र उक्त कानून २०७५ असोज, २ गतेदेखी लागू भइसकेको उनले बताएका छन् ।
उक्त कानून कार्यान्वयनमा आइसकेको अहिलेको अवस्थामा नेपालको बहालवाला राष्ट्रपति,प्रधानमन्त्री देखि अन्य कसैको पनि विदेशमा भएको उपचारको खर्च नेपाल सरकारले व्यहोर्न नपाउने उनको भनाई छ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij