२०८२, श्रावण १८ गते

Aug 03 2025 | २०८२, श्रावण १८ गते

टिप्पर चालक, सह–चालक र व्यवसायीहरुद्वारा खोपको माग

बुधवार , श्रावण ६, २०७८

बुटवल, ६ साउन ।
निषेधाज्ञा र कोभिड–१९ संक्रमणका कारण लामो समय समस्या झेलेका लुम्बिनी प्रदेशका टिप्पर चालक, सहचालक र ज्यवसायीहरुले कोभिडविरुद्धको खोपको माग गरेका छन । सबै नेपालीलाई खोप लगाउने योजना ल्याएको सरकारलाई जनसंख्या अनुसार खोपको मात्राकै कारण निककै चुनौती आएको छ । फ्रन्टलाईन र उमेर समूहका आधारमा सरकारले खोप संचालन गरे पनि व्यवहारमा पारदर्शिता देखिदैन । पेशा र व्यवसाय गर्नेहरुमा पनि खोपमा विभेद भएको गुनासो आएको छ । 

सरकारले ट्रक चालक, सह–चालकहरुलाई खोप ब्यवस्था गरे पनि टिप्पर चालक र सह–चालकहरु नपर्दा उनीहरु चिन्तामा छन । सिमेण्ट उद्योग सरकारको प्राथमिकतामा रहेको उद्योग हो । यही उद्योग संचालनमा कच्चा पदार्थ पुर्याउने टिप्पर पेशा अपनाएका चालक, सह–चालक र व्यवसायीहरु भने खोपबाट वञ्चित हुनुपरेको छ । सरकारलाई करोडौं रुपैया करसंगै सयौ युवालाई स्वरोजगार बनाउँदै विकास निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने ढुवानी सेवामूलक व्यवसायीहरुको विषयमा सरकार गम्भिर नभएको उनीहरुको गुनासो छ । 

तिनाउ टिप्पर व्यवसायी समूहका अध्यक्ष अरविन्द पाण्डेले वार्षिक १५ करोड बढी सरकारलाई कर तिर्ने आफू जस्ता व्यवसायीहरु उपेक्षामा परेको दुःखेसो गरे । कम्तीमा सबै चालक र सह–चालकहरुलाई खोपको सुनिश्चितता हुन सके कामलाई निरन्तरता दिन सकिने उनी बताउँछन । ‘हामीले १ सय ५० जनाको नामावली जिल्ला प्रशासन कार्यालय पाल्पा र २ सय ५० जनाको नामावली रुपन्देही जिल्ला प्रशासन कार्यालयमा बुझाएका थियौ ।’– उनले भने । अहिले खोप लगाउने सुचनाको नामालीमा भने केवल ट्रक चालकलाई सम्बोधन भएको उनले गुनासो गरे । ‘ट्रिपर चालक, सह–चालकहरुलाई उपेक्षा गरियो ।’– उनले भने । 
रुपन्देहीमा करिब एक दर्जन सिमेण्ट उद्योग छन् । देशमै ५० प्रतिशत बढी सिमेण्ट उत्पादन रुपन्देहीमा छन ।

तमन्नना मल्टि प्रपोजका प्रबन्ध निर्देशक तोया लम्सालले रुपन्देहीको सीमा नजिकै रहेका पाल्पाका खानीबाट करिब ९० प्रतिशत चुनढुुङ्गा रुपन्देहीमा भित्रिने गरेको बताए । तिनाउ टिपर ब्यवसायी समुह भित्रका ब्यवसायी ३० ढुवानी कम्पनी छन । 

त्यसै गरी ३ सय टिप्परहरुमा चालक, सह–चालक कार्यरत छन । अहिले उपलब्ध केही चालक र सहचालक बाहिरबाट आएका हुदा अहिले कोभिडका कारण आफ्नो घरमा गएका छन । ढुवानी कम्पनीमा काम गर्ने कर्मचारी र सञ्चालक गरी १ सय जना छन । सरकारले आवश्यक स्वास्थ्य सुरक्षा अपनाउँदै ढुवानी व्यवसाय सञ्चालन गर्न अनुमति दिए पनि खोपको निश्चितता नहँुदा टिप्पर सञ्चालन गर्न समस्या परेको व्यवसायीहरु बताउँछन । चैत्र, वैशाख, जेठ टिप्पर व्यवसायीको सिजन रहेको बताउँदै उनीहरुले पोहोरको जस्तै यो वर्ष पनि ठप्प हुँदा संकटमा परेको उनले गुनासो गरे । तिनाउमा रहेको ६ वटा खानीबाट विभिन्न सिमेण्ट उद्योगमा ढुवानी गर्दै आएका उनीहरु कहिले निषेधाज्ञाको फरक–फरक मापदण्डले र कहिले प्रहरी प्रशासनबाट समस्यामा पर्ने गरेका छन । प्रतिटिप्पर खरिद गर्दा ३६ लाख पर्ने र मासिक किस्ता ५० देखि ७५ हजारसम्म बैकको किस्ता तिर्दै आएका छन । रुपन्देहीको सिमा नजिकै रहेका पाल्पाका खानीबाट करिब ९० प्रतिशत चुनढुुङ्गा रुपन्देहीमा भित्रिन्छ । रुपन्देहीमा करिब एक दर्जन सिमेण्ट उद्योग छन् । तिनाउका खानीबाट अर्घाखाँची, सर्वोत्तम, होङ्गसी उद्योगहरुका लागि चुन लगिन्छ ।