२०८२, मंसिर ८ गते

Nov 24 2025 | २०८२, मंसिर ८ गते

जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा एकीकृत नागरिक सेवा

आइतवार , श्रावण ३, २०७८

  • 4.0K
    Shares
  • 4.0K
    Shares
  • भैरहवा, ३ साउन ।
    जिल्ला प्रहरी कार्यालय रुपन्देहीले कार्यालयमा एकीकृत नागरिक सेवा सञ्चालनमा ल्याएको छ । सेवाको आइतबार लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआइजी) मुकुन्द राज आचार्यले शुभारम्भ गरेका छन् । सेवाको शुभाम्भ गर्दै डीआइजी आचार्यले नागरिक कुनै पनि सेवा लिन सेवाग्राहीका रुपमा आउँदा गेटबाटै प्रवेश गर्ने भएकोले एकीकृत नागरिक सेवा सञ्चालनमा ल्याइएको बताए । उनले नागरिकलाई कुनै पनि झण्झट नहोस् र कार्यालयमा आउँदा अफ्ठयारो नहोस् भन्ने उद्देश्यले सेवा सुरु गरिएको बताए । 

    डीआइजी आचार्यले भने, ‘कहाँ जाने, के गर्ने, कसलाई सम्पर्क गर्ने, त्यस्तो अन्यौलता नहोस् भन्नलाई एकीकृत नागरिक सेवा केन्द्रमा दर्ता गरिनेछ, कार्यालयमा आउने नागरिकको नाम, के कामले आउनुभएको, सम्पर्क नम्बर, ठेगाना, कुन शाखामा काम छ जस्ता विवरण राखिनेछ ।’

    IMG_0256.JPG

    प्रविधिमैत्री हिसाबले शाखामा काम गर्न र नागरिकलाई दु्रत सेवा दिने प्रहरीको नागरिकमैत्री सेवा अन्तर्गत जिल्ला प्रहरी कार्यालय रुपन्देही लागेको उनले बताए । नागरिकको केही कुराहरु सुनुवाई भएन भन्ने गुनासो आएपछि ती गुनासोलाई सम्बोधन गर्न कार्यालयले प्रविधिमैत्री सेवा सञ्चालनमा ल्याएको उनले बताए । आगामी दिनमा यो सेवाको बारेमा परीक्षण मुल्यांकन हुने उनले जानकारी दिए । ‘एकीकृत नागरिक सेवा पहिलो पटक यहाँ अभ्यास गरिएको छ, रुपन्देही प्रहरी प्रमुख एसपी मनोज कुमार के.सी.ले मिहिनेत गर्नुभएको छ, डीआइजी आचार्यले भने ।

    नागरिक को शान्ति सुरक्षाका लागि प्रहरी कटिबद्ध रहेको बताउँदै उनले डिजिटल प्रविधिमा आधारित सेवा केन्द्र सञ्चालनले अब नागरिकलाई सेवा प्राप्त गर्न सहज हुने विश्वास व्यक्त गरे ।

    बेलहियामा प्रहरी चेक प्वाइन्ट

    यसैबीच आइतबार लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआइजी) मुकुन्द राज आचार्यले सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ स्थित बेलहिया बुटवल सडकखण्ड (बाइपास) मा प्रहरी चेक प्वाइन्टको उद्घाटन गरेका छन् ।

    IMG_0218.JPG

    प्रहरी चेक प्वाइन्ट ५ लाख रुपैयाँ लागतमा निर्माण भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) सत्यनारायण थापाले जानकारी दिए ।

    राजमार्गमा सवारी चेकजाँच गर्न खटिएका प्रहरीका लागि कुनै स्थान (कक्ष) नहुँदा समस्या थियो । तर प्रहरी चेक प्वाइन्ट स्थापना भएसंगै अब घाम पानीमा पनि सेवामा खटने प्रहरीलाई सहज हुने डीएसपी थापाले बताए ।
    IMG_0235.JPG