२०८२, श्रावण १७ गते

Aug 02 2025 | २०८२, श्रावण १७ गते

रुपन्देहीमा थप ३० जनामा कोरोना संक्रमण पुष्टि

बिहिवार , आषाढ ३१, २०७८

३१  असार, भैरहवा ।

रुपन्देहमिा पछिल्लो २४ घण्टामा ३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार १७५ जनामा गरिएको आरटी पीसीआर परीक्षणमा ३०  जनामा संक्रमण पुष्टि भएको हो ।

हालसम्म रुपन्देहीमा २८ हजार ६ सय ८० जनामा कोरोना संक्रमण पुष्ठी भएको छ भने २८ हजार ६  सय ८० जना  संक्रमण मुक्त भएका छन  ।

हालसम्म कोरोना संक्रमणका कारण  जिल्लामा ५ सय ५ जनाको मृत्यु भएको छ  ।

कुन पालिकामा कति संक्रमित  थपिए ?

स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार सबैभन्दा धेरै बुटवल उपमहानगरपालिकामा १२ , तिलोत्तमा नगरपालिकामा ७, जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै,सैनामैना नगरपालिका र कन्चन गाउँपालिकामा  ४ / ४ ,  देवदह नगरपालिकामा २ र सिद्धार्थनगर नगरपालिकामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।