बुधवार , आषाढ ३०, २०७८
३० असार, काठमाडौं ।
नेपाल आयल निगमले पेट्रोलीयम पदार्थको मुल्य घटाएको छ । बुधबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल तथा डिजेल र मट्टतिेलको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर एक रुपैयाँ मूल्य घटाइएको निगमले जानकारी दिएको छ ।
पेट्रोलीयम पदार्थको मूल्यवृद्धि विरुद्ध आन्दोलनरत पाँच विद्यार्थी संघठनसँगको वार्ता पश्चात मुल्य घटाइएको हो ।
नयाँ खुद्रा बिक्री मूल्य क्रमश : पेट्रोल प्रतिलिटर १ सय २८ र डिजेल र मटितेल प्रतिलिटिर १ सय ११ र १ सय ११ कायम गरिएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij