
बुधवार , आषाढ ३०, २०७८
भैरहवा, ३० असार ।
सिद्धार्थनगर नगरपालिकाको आयोजनामा भएको ८ दिने मेलमिलापसम्बन्धी आधारभूत प्रशिक्षण कार्यकम समापन भएको छ । कानुन, अन्वेषण तथा श्रोत विकास केन्द्र सेलर्डको प्राविधिक सहयोग तथा निर्वाणा लिगल एडभाइजर्स फोरम रुपन्देहीको समन्वयमा तालिम भएको हो ।
नगरप्रमुख हरि प्रसाद अधिकारीले शिक्षित समुदायले लिएको महत्वपूर्ण तालिमले नगरपालिकामा उल्लेखनीय योगदान गर्न सक्ने बताए । कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम मरासिनीले मेलमिलापकर्ताबाट नगरका विपन्न वर्ग लाभान्वित हुने विश्वास व्यक्त गरे । मेलमिलाप परिषद्का सदस्य राममणी गौतमले तालिममा सिकेका कुरा व्यवहारमा उतार्न आग्रह गरे ।
प्रमुख प्रशिक्षक वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्य, प्रशिक्षक सुर्य अधिकारी सहभागिको तर्फबाट विपिन शाह, पवित्रा कोइराला लगायतले बोलेका थिए ।
नगर उपप्रमुख उमा काफ्लेको अध्यक्षतामा भएको कार्यक्रममा सहकारी, पर्यटन, उद्योग तथा सामाजिक सुरक्षा उपशाखा प्रमुख कमलकान्त खनालको सञ्चालनमा कार्यक्रम भएको हो । तालिममा नगरपालिकाभित्रका ३० जनाको सहभागिता रहेको थियो । तालिममा सहभागिहरुलाई नगरप्रमुख अधिकारीले प्रमाणपत्र वितरण गरेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij