
मंगलवार , आषाढ २९, २०७८
२९ असार, भैरहवा ।
रुपन्देहमिा पछिल्लो २४ घण्टामा २४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार १८८ जनामा गरिएको आरटी पीसीआर परीक्षणमा २४ जनामा संक्रमण पुष्टि भएको हो । हालसम्म रुपन्देहीमा २८ हजार ६ सय १३ जनामा कोरोना संक्रमण पुष्ठी भएको छ भने २७ हजार ७ सय ९४ जना संक्रमण मुक्त भएका छन् ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १ जनाको मृत्यु भएको छ । हाल सम्म कोरोना संक्रमणका कारण रुपन्देहीमा ५ सय ५ जनाको मृत्यु भएको छ ।
कुन पालिकामा कति संक्रमित थपिए ?
स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार सबैभन्दा धेरै बुटवल उपमहानगरपालिकामा १०, सैनामैना नगरपालिकामा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै तिलोत्तमा नगरपालिकामा ४, देवदह नगरपालिका र ओमसतिया गाउँपालिकामा २/२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij