२०८२, मंसिर ८ गते

Nov 24 2025 | २०८२, मंसिर ८ गते

महान्यायधिवक्ता बडालद्वारा राजीनामा

मंगलवार , आषाढ २९, २०७८

  • 5.1K
    Shares
  • 5.1K
    Shares
  • काठमाडौँ, २९ असार

    सरकारका कानूनी सल्लाहकार रमेश बडालले पदबाट राजीनामा दिएका छन् । सर्वोच्च अदालतको फैसलासँगै नयाँ सरकार गठन हुन भएपछि महान्यायाधिवक्ताले प्रधानमन्त्रीमार्फत राष्ट्रपतिसमक्ष आज पदबाट राजीनामा बुझाएका हुन् ।

    बडालले भने, “मैले पदबाट राजीनामा दिएँ, प्रधानमन्त्रीलाई मैले राजीनामा बुझाएँ ।” सरकारको कानूनी सल्लाहकारका रुपमा गत चैत ८ गते नियुक्त भई उनले तीन महिना २१ दिन काम गरे । सर्वोच्च अदालतले विपक्षी गठबन्धनका नेता तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई दुई दिनभित्र प्रधानमन्त्री नियुक्त गर्न सोमबार परमादेश जारी गरेको थियो । रासस