images

बिहिवार, बैशाख १३ गते २०८१

समयमै सडक निर्माणसम्पन्न नहुँदा स्थानीयलाई सास्ती

समयमै सडक निर्माणसम्पन्न नहुँदा स्थानीयलाई सास्ती

images
images
images
शनिवार, आषाढ २६ २०७८
शनिवार, आषाढ २६ २०७८
  • समयमै सडक निर्माणसम्पन्न नहुँदा स्थानीयलाई सास्ती

    भैरहवा, २६ असार ।
    रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ९ स्थित हरीपथका स्थानीयले समयमै सडक निर्माण कार्यसम्पन्न नहुँदा निकै नै सास्ती खेप्नु परेको छ । सडक निर्माण कार्य सुरु भएको लामो समय बितिसक्दा पनि निर्माणसम्पन्न हुन नसक्दा आवातजावतमा निकै नै समस्या भएको छ । 

    images

    सघन शहरी विकास कार्यक्रम आयोजना अन्तर्गत संघीय आयोजना कार्यान्वयन इकाई र श्री पप्पु कोशी एण्ड न्यौपाने शिवशक्ति जे.भी. हेटौंडाबीच २०७४ असार २९ गते सडक स्तरोन्नति गर्ने कार्य (प्याकेज नम्बर २) सम्झौता भए पनि हालसम्म सडक निर्माणसम्पन्न हुन सकेको छैन् । अन्तिम पटकका लागि २०७८ असार २४ गते निर्माण कार्यसम्पन्न गर्ने गरी म्याद थप भए पनि सो समय आउन केही दिन बाँकी हुँदा समेत निर्माणकार्य सम्पन्न हुन सकेको छैन् । सडक तथा नाला निर्माण कार्य अलपत्र अवस्थामा पर्दा स्थानीयवासीहरुलाई आवातजावत गर्न असहज परिस्थिति सिर्जना भएको छ । 

    सिद्धार्थनगर नगरपालिका वडा नम्बर ९ को केन्द्रबिन्दुमा पर्ने हरिपथको सडक समयमै निर्माणसम्पन्न हुन नसक्दा टोलवासीले निकै नै सास्ती खेप्दै आएको स्थानीय वाई.पी. आचार्य (सुशान्त)ले बताए । ‘यही सडक अन्तर्गत स्वास्थ्य कार्यालय रुपन्देही, स्नातक तहसम्मको पढाई हुने कलेज तथा अन्य निजी विद्यालयहरु छन्, तर समयमै सडक निर्माण गर्नेतर्फ सम्बन्धित निकायको ध्यान पुग्न सकेको छैन्, ’आचार्यले भने । असारे झरीमा यो सडकमा धान समेत रोप्न मिल्ने उनले बताए । जनप्रतिनिधिले आ–आफ्ना ठाउँमा विकास काम भइरहेको दावी गरे पनि यो सडक हेर्दा त्यो दावी गलत सावित भएको उनको भनाइ छ । 

    ‘सडक निर्माण गर्न ४ वर्षअघि निर्माण कार्य गर्ने सम्झौता भयो, पुनः म्याद थप गर्दा पनि असार मसान्त आउन थालिसक्यो, तर सडकको हालत उस्तै छ, ’उनले भने । समयमा काम गर्न नसक्ने निर्माणको जिम्मेवारी पाएको ठेकेदार कम्पनीलाई कारवाहीको दायरामा ल्याउनुपर्ने आचार्यको माग छ । ‘अहिले नगरे कहिले गर्ने ? फेरी जनता चाहिदैन, जनप्रतिनिधिलाई यो सडक हिड्नु पर्दैन, ’उनले प्रश्न गरे । सडक निर्माण गर्न ढिलाइमा कसको दोष छ त्यो पत्ता लगाएर निर्माण कार्यलाई पूर्णता दिनुपर्ने उनको माग छ । जनप्रतिनिधि यस विषयमा गम्भिर हुनुपर्ने उनले बताए ।

    सिद्धार्थनगर नगरपालिका–९ का रमा वाग्लेले धेरैपटक सडकको अवस्थाबारे वडाका जनप्रतिनिधिलाई जानकारी गराउँदा समेत समस्या समाधान नभएको बताइन् । उनले सडकमा सवारीसाधन लिएर आवातजावत गर्न समेत समस्या भएको दुःखेसो पोखिन् । ‘सडकभरी हिलैहिलो, पानी छ, हिड्न पनि ग्राहो छ, हामी नगरपालिकाभित्रै बस्छौं, तर सडकको हालत धान रोप्ने खेत जस्तो छ, ’उनले भनिन् । सार्वजनिक सडक निर्माणसम्पन्न हुन नसक्दा नागरिकले दुःख पाएको वाग्लेले बताइन् ।

    ‘जसरी जनप्रतिनिधिहरु भोट माग्नु घरघरमै पुग्नुहुन्छ, त्यसरी नै सडक निर्माणसम्पन्न गराउन पनि ध्यान दिनुपर्छ, उहाँहरुलाई हामीले अर्को मौका दिन त विकास निर्माण कार्यमा ध्यान दिनुपर्यो नी, ’उनले भनिन् ।
    स्थानीय गीता ज्ञवालीले भनिन्, ‘यो सडकमा मान्छे हिड्ने अवस्था त छैन, सवारीसाधन कसरी चल्छ, एक वर्ष बढी भइसक्यो, निर्माण कार्य सुरु भएको तर अहिलेसम्म सडक अलपत्र अवस्थामा छ । जनप्रतिनिधिले यस विषयमा ध्यान दिनुपर्ने उनको भनाइ छ । १.३ किलोमिटरको उक्त सडक निर्माण नहुँदा स्थानीयलाई कठिनाइ भएको छ ।

    IMG_9631.JPG

    निर्माण कम्पनीका प्रतिनिधि तथा साइट इञ्चार्ज श्याम अधिकारीले कोरोना महामारीका कारण जारी गरिएको निषेधाज्ञाका कारणले काम सम्पन्न हुन नसकेको बताए । सुरुमा विद्युतीय पोलहरु हटाउन समस्या भएको र अहिले वर्षात्को समयमा पानी परिरहेको र हिलोका कारण काम गर्न असजिलो भएको बताए ।

    निर्माण व्यवसायीको हेलचेक्रयाइका कारण समयमै सडक निर्माणसम्पन्न भएन : आयोजना प्रमुख

    संघीय आयोजना कार्यान्वयन इकाई सिद्धार्थनगर, रुपन्देहीका आयोजना प्रमुख बिदुर खड्काले निर्माण व्यवसायीको हेलचेक्रयाइ र उदासिनाताका कारण समयमै सडक निर्माण कार्यसम्पन्न हुन नसकेको बताए । उनले सार्वजनिक खरिद ऐन तथा नियमावली बमोजिमको म्याद थपको सेवा सुविधा समेत निर्माण व्यवसायीले प्राप्त गर्दा समेत निर्माण कार्य सम्पन्न नभएको बताए । ‘कोभिड १९ को विषम परिस्थितिका कारण म्याद थप गर्न पाउने प्रावधान राज्यकोतर्फबाट निर्णय भएकोले त्यो नियम अनुसार निर्माण कम्पनीले म्याद थपको सुविधा पाइसकेको छ, ’उनले भने ।

    प्रथम चरणको कोभिडको सुविधाको म्याद थप प्राप्त गरिसक्दा २०७७/७८ को असार मसान्तसम्म निर्माण व्यवसायीले निर्माण कार्यसम्पन्न गरिसक्ने अवस्था भए पनि वैशाख १६ गतेपछि जारी भएको निषेधाज्ञाका कारण समस्या उत्पन्न भएका बताए । निषेधाज्ञाको अवधिमा निर्माण व्यवसायीले प्रयाप्त रुपमा निर्माण सामग्री नपाउनु र जनशक्ति व्यवस्थापन हुन नसक्ने जानकारी गराएको आयोजना प्रमुख खड्काले बताए । 
    ‘यो अवधिमा निर्माण व्यवसायीका प्रतिनिधिहरुसंग बारम्बार छलफल गरेर छिटो सम्पन्न गर्न पत्राचार समेत गरेका छौं, बेलाबेलामा सचेत समेत गराएका छौं, ’उनले भने । निर्माण व्यवसायीले अर्को आर्थिक वर्ष २०७८/७९ को पाँचौ महिना मंसिरसम्म म्याद थप सुविधा पाउने देखिएको उनले बताए । त्यो सुविधा प्राप्त गरिसकेको अवस्थामा पनि कार्यालयबाट पुनः ताकेता गरिने खड्काले जानकारी दिए । 

    ‘लिखित प्रतिबद्धता माग्छौं, जोडबल गर्छौं, समयमा निर्माण कार्यसम्पन्न गर्न नसकेको अवस्थामा श्री पप्पु कोशी एण्ड न्यौपाने शिवशक्ति जे.भी. हेटौंडालाई कालोसूचीमा सिफारिस गर्न एक्सनमा जान्छौ भन्ने कुरा कार्यालयबाट निर्णय समेत भइसकेको अवस्था छ, ’उनले भने । सडक निर्माण कार्य समयमै सम्पन्न हुन नसक्दा स्थानीयलाई कठिनाइ भएको र स्थानीय बारम्बार कार्यालयमा डेलिगेशन समेत आएको बताए ।  

    IMG_9625.JPGIMG_9608.JPGIMG_9590.JPG

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij