२०८२, श्रावण १७ गते

Aug 02 2025 | २०८२, श्रावण १७ गते

दुई हजार ९७९ संक्रमित थपिए, २८ को निधन

बुधवार , आषाढ २३, २०७८

काठमाडौं, २३ असार ।
पछिल्लो २४ घण्टामा नेपालमा दुई हजार ९७९ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । योसँगै अहिलेसम्म कोरोना भाइरस संक्रमितको संख्या ६ लाख ५० हजार १६२ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ८९८ जनाको नमूना परीक्षण गर्दा दुई हजार ९७९ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मुलुकभर ७ हजार ८३५ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा दुई हजार ७७ जनामा र चार हजार ६३ जनाको एन्टिजेन परीक्षण गर्दा ९०२ जनामा संक्रमण पुष्टि भएको जनाएको छ । 

पछिल्लो २४ घण्टामा एक हजार ३३३ संक्रमणमुक्त भएका छन्।् । यस अवधिमा २८ जनाको कोरोना भाइरस संक्रमणबाट निधन भएको छ । देशभर सक्रिय संक्रमितको संख्या २३ हजार ७५६ रहेको छ । सक्रिय संक्रमितमध्ये संस्थागत आइसोलेशनमा दुई हजार ७८८ छन् । त्यसै गरी  ५७१ आइसीयूमा र १६१ जना भेन्टिलेटरमा बसेर उपचार गराइरहेका छन् ।

नेपालमा हालसम्म कोरोना निको हुनेको संख्या छ लाख १४ हजार ३२७ पुगेको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार २९१ भएको छ । देशभर ३३ लाख ९१ हजार ३७९ नमूनाको पीसीआर परीक्षण गरिएको छ । क्वारेन्टिनमा ३२३ जना रहेका छन् । आइसोलेशनमा रहनेको संख्या २६ हजार ५४४ छ ।

काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा ५४३ संक्रमित थपिएका छन् । काठमाडौँमा ३९०, ललितपुरमा ८७ र भक्तपुरमा ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको