
सोमवार , भाद्र १५, २०७७
बुटवल, १५ भदौ ।
युवा कवि एवं निबन्धकार खोमा तरामु मगरको निबन्ध संग्रह ‘सपनाको भन्ज्याङतिर’ बजारमा आएको छ । निबन्ध संग्रहमा २६ वटा रचनाहरू छन् । बुटवलमा रहेर कविता र निबन्धको क्षेत्रमा कलम चलाउदै आएका तरामु मगरको निबन्ध संग्रहमा विद्यमान शोषणकारी समाजको परिवर्तन र नयाँ समाजको निर्माणका सपनाहरूलाई सजाइएको छ ।
समाजका सबैभन्दा पिँधमा रहेका वर्गले भोग्दै आएका दुःख, पीडा र उनीहरुको सुन्दर सपनाहरूलाई निबन्धहरुमा समेटिएको छ । निबन्धबारे वरिष्ठ साहित्यकार दिल साहनीले भनेका छन् ‘नयाँ समाजको निर्माण तथा शान्ति र प्रगति नै उनको निबन्धको मूल सार हो ।’
पुस्तकभित्रका निबन्धहरूले स्थान, पात्र, परिवेश, घटना सबैका माध्यमबाट नयाँ र उन्नत समाज निर्माणलाई केन्द्रमा राखेका छन् । सहिद, बेपत्ता र घाइते योद्धाहरूले देखेको अधुरो सपनाहरुलाई समेटिएको निबन्धहरुमा नयाँ समाज–व्यवस्थाको दुरुस्त ऐना देखाइएको छ । तरामु मगरको यो पहिलो निबन्ध संग्रह हो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij