
बिहिवार , आषाढ १७, २०७८
बुटवल, १७ असार ।
रोटरी क्लब अफ बुटवलले एक कार्यक्रमकाबीच इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख मदन कुँवरलाई बुधबार स्वागत गरेको छ । क्लबका अध्यक्ष सुनिल श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा नवआगन्तुक इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक कुँवरलाई स्वागत तथा सम्मान गरेको हो ।
त्यस अवसरमा क्लबकातर्फबाट अध्यक्ष श्रेष्ठले कोभिड–१९ बाट सुरक्षित रहनका लागि इलाका प्रहरी कार्यालयलाई स्वास्थ्य सामग्री प्रदान गरेका थिए । त्यस अवसरमा प्रहरी नायब उपरीक्षक कुँवरले यस क्षेत्रको शान्ति सुरक्षा कायम गर्न रोटरी क्लब अफ बुटवलसंग सहकार्य गरी अघि बढ्ने बताए । कार्यक्रममा क्लबका सचिव रोम शर्मा, कोषाध्यक्ष खिमनारायण पराजुली, रोटरीयन दया भण्डारी लगायतले बोलेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij