२०८२, मंसिर ८ गते

Nov 24 2025 | २०८२, मंसिर ८ गते

नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

बिहिवार , आषाढ १७, २०७८

  • 1.9K
    Shares
  • 1.9K
    Shares
  • चितवन, १७ असार ।

    नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खसेपछि आज बिहानदेखि सडक अवरुद्ध भएको छ ।

    इच्छाकामना गाउँपालिका–६ पाँचकिलोमा माथिबाट पहिरो खसी सडक दुईतर्फी अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार पानी निरन्तर परिरहेको र पहिरोसमेत झरिरहेकाले पन्छाउन कठिन भएको छ । पहिरो आज राति २ः१० बजे खसेको हो । यस क्षेत्रमा निरन्तर पानी परिरहेको छ । रासस