२०८२, आश्विन ५ गते

Sep 21 2025 | २०८२, आश्विन ५ गते

तीनदिने पत्रकारिता तालिम सम्पन्न

मंगलवार , आषाढ १५, २०७८

  • 4.2K
    Shares
  • 4.2K
    Shares
  • भैरहवा, १५ असार । 
    लुम्बिनी प्रेस क्लबको आयोजना तथा सिद्धार्थनगर नगरपालिकाको सहयोगमा बर्दियाको ठाकुरद्वारामा तीनदिने (असार १२-१४) सम्म पत्रकार क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ ।
    क्लबका तालिम संयोजक दिपेन्द्र बडुवालको अध्यक्षतामा भएको तालिममा क्लबका सदस्यहरुको सहभागिता रहेको थियो । सहभागीलाई कोभिड पछिको पत्रकारिताका बारेमा प्रमुख प्रशिक्षक कमल पन्थीले सहजीकरण गरेका थिए । त्यसै गरी पत्रकारको काम कर्तव्य र अधिकारका बारेमा कान्तिपुर पब्लिकेशनका उपसम्पादक माधव ढुगांनाले प्रशिक्षण दिएका थिए ।

    आजको पत्रकारिता कसरी टिकाउने भन्ने बारेमा क्लबका निवर्तमान अध्यक्ष दिपेश पछाइ तथा मिडिया काउन्सिल विधेयकको बारेमा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिका सदस्य विन्दु कुमार चौहान र तराई-मधेशमा रिपोर्टिगंको अवस्थाका बारेमा मधेशी पत्रकार समाज नेपाल, रुपन्देहीका अध्यक्ष राधेश्याम विश्वकर्माले सहजीकरण गरेका थिए । तालिम समिति सदस्य प्रतिक पौडेलको स्वागत मन्तव्य तथा उषा केसीको को सञ्चालनमा भएको कार्यक्रममा धन्ययवाद ज्ञापन क्लबका अध्यक्ष नरेश केसीले गरेका थिए ।