
शनिवार , भाद्र १३, २०७७
अर्घाखाँची, १३ भदौ ।
अर्घाखाँचीमा एक जना वृद्ध मृत अवस्थामा फेला परेका छन । जिल्लाको शितगंगा नगरपालिका वडा नम्बर ९ सिलिङखोलाका ८३ वर्षिय वीर बहादुर रास्कोटी जंगलमा मृत अवस्थामा फेला परेका हुन ।
गत भदौ २ गते दिउँसो गाई हेर्न जंगल गएका रास्कोटी घर नफर्केपछि घरपरिवार र गाउँलेले जंगलमा खोजी कार्य जारी राखेका थिए । खोजी कार्य राखेको १० दिनमा शुक्रबार गाउँलेले जंगलमा मृत अवस्थामा शव फेला पारेको इलाका प्रहरी कार्यालय ठाडाले जनाएको छ ।
मृतक घोप्टो परेको अवस्थामा भेटिएको सातमाराका प्रहरी प्रमुख प्रहरी नायब निरीक्षक नहकुलदेव गिरीले जानकारी दिए । सव सडिसकेको र पोष्टमार्टम गर्न नसकिने अवस्थामा रहेकाले मृतकका आफन्त र गाउँलेको रोहबरमा मुचुल्का गरी सबलाई अन्त्येष्टिका लागि आफन्तको जिम्मा लगाइएको इलाका प्रहरी कार्यालय ठाडाका प्रहरी निरीक्षक बाबुराम बस्नेतले बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij