
शुक्रवार , आषाढ ११, २०७८
भैरहवा, ११ असार ।
रुपन्देहीको रोहिणी गाउँपालिकाले व्यक्तिगत घटना दर्ता (जन्मदर्ता, मृत्युदर्ता, विवाह दर्ता, बसाईसराई र सम्बन्ध बिच्छेद) शिविर सञ्चालन सुरु गरेको छ । गाउँपालिकाले प्रत्येक वडामा ३/३ दिनको दरले टोलमै पुगेर ब्यक्तिगत घटना दर्ता गर्ने जनाएको छ ।
अझै पनि कतिपय गाउँपालिकाबासीहरु काम परे मात्र व्यक्तिगत घटना दर्ता गर्ने गरेको कारण शिविरबाट समयमै घटना दर्ता गर्न सचेतना समेत फैलाउने रोहिणी गाउँपालिका अध्यक्ष सनोज कुमार यादवले बताए । उनले पालिकाको प्रत्येक वडाको ३ वटा टोलमा ३ दिन सम्म कार्यक्रम सञ्चालन हुने जानकारी दिए । यसले अहिलेसम्म वडासम्म पनि नपुगेका नागरिकलाई ज्यक्तिगत घटना दर्ता मात्र नभई यसबारे सचेतीकरण समेत हुने यादवको तर्क छ । उनले गाउँपालिकाको कुल २१ स्थानमा असार १९ गते सम्म कार्यक्रम सञ्चालन हुने बताए । उनले शिविरमा व्यक्तिगत घटना दर्ता मात्र नभई सामाजिक सुरक्षा समेत दर्ता गरिने बताए ।
राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागद्वारा आयोजित राष्ट्रव्यापी व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा दर्ता अनुसार गाउँपालिकाले टोलटोलमै सेवा दिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपानेले जानकारी दिए । प्रमुख प्रशासकीय अधिकृत न्यौपानेका अनुसार असार ११ गते रोहिणी गाउँपालिका वडा नमबर १ को वगहाबाट शिविर सुरु हुनेछ । बिहान १० बजेदेखि ५ बजेसम्म सञ्चालन हुने शिविर बगहा माध्यमिक विद्यालयमा ११ गतेदेखि १३ गते सम्म हुनेछ । यस्तै वडा नम्बर १ कै चनुली सामुदायिक अध्ययन केन्द्रको भवनमा १४ गतेदेखि १६ गतेसम्म र बेनीपुरमा १७ गतेदेखि १९ गतेसम्म सञ्चालन हुँदैछ ।
त्यस्तै रोहिणी गाउँपालिका वडा नम्बर २ को पोखरभिण्डी मा.वि.मा ११ गतेदेखि १३ गतेसम्म श्रीराम आधारभूत विद्यालयमा १४ गतेदेखि १६ गतेसम्म र बैकुण्ठपुर बोर्डिङ स्कूलमा १७ गतेदेखि १९ गतेसम्म सञ्चालन गरिदैछ । वडा नम्बर ३ को राम नरेश माविमा ११ गतेदेखि १३ गतेसम्म, परासीझुंगा जनचेतना प्राविमा १४ गतेदेखि १६ गतेसम्म र सिसहनिया पर्ति टोल बालविकास टोलमा १७ गतेदेखि १९ गतेसम्म शिविर सञ्चालन हुनेछ ।
वडा नम्बर ४ को छिपागढ मा.वि.मा ११ गतेदेखि १३ गतेसम्म, औरहवा आधारभूत विद्यालयमा १४ गतेदेखि १६ गते सम्म र सेमरा धर्मशालामा १७ गतेदेखि १९ गत सम्म शिविर सञ्चालन हुने प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले जानकारी दिए । त्यस्तै वडा नम्बर ५ को पिपरहवा मा.वि.मा ११ गतेदेखि १३ गतेसम्म बरवामा १४ गतेदेखि १६ गतेसम्म र तरकुलहा धर्मशालामा १७ गते १९ गतेसम्म र वडा नम्बर ६ को पर्सा आधारभूत विद्यालयमा ११ गतेदखि १३ गतेसम्म बोदवार माविमा १४ गतेदेखि १६ गतेसम्म र ललितपुर मदरसामा १७ गतेदेखि १९ गतेसम्म शिविर रहनेछ ।
त्यसै गरी वडा नम्बर ७ मा पनि असार ११ गतेदेखी १३ गतेसम्म पजरकट्टी मा.वि.मा, १४ गतेदेखि १६ गतेसम्म सरस्वती आधारभूत विद्यालय र १७ गतेदेखि १९ गते म्म पोखरभिण्डा मदरसामा शिविर सञ्चालन हुनेछ ।
गाउँपालिकाले अहिले भर्ना अभियान समेत सुरु गरेकोले शिविरले बालबालिका विद्यालय भर्ना अभियानमा सहयोग पुग्ने तथा निषेधाज्ञाका कारण प्रभावित बनेको वडाको सेवा यसले केही सहज पार्ने अपेक्षा राखिएको छ । वडामा पुगेर लिने सेवा नागरिकको घरदैलोमै पुगेको कारण यसबाट धेरै भन्दा धेरै नागरिक लाभान्वित हुन गाउँपालिकाले आव्हान गरेको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij