
बिहिवार , आषाढ १०, २०७८
बुटवल, १० असार ।
नेपाल औषधि व्यवसायी संघले ४८ औं स्थापना दिवसको अवसरमा रुपन्देही शाखामा वृहत रक्तदान कार्यक्रम गरेको छ । संघका संस्थापक अध्यक्ष स्व. पुष्पलाल राजभण्डारीको तस्बिरमा महासंघका निवर्तमान केन्द्रिय अध्यक्ष बाबुराम भट्टराईले विहिबार टीका तथा पुष्प गुच्छा अर्पण गरी रक्तदान कार्यक्रमको शुभारम्भ गरेका थिए । पेशाको संवेदशिलताप्रति सबै ब्यवसायीहरु बुझनुपर्ने भन्दै उनले कोभिड संक्रमणको अहिलेको समयमा पनि अग्रपंतिमा रहेर व्यवसायीहरुबाट योगदान दिएको बताए ।
संघका कार्यसमिति सदस्य तथा कार्यक्रम संयोजक गणेश प्रसाद सेढाईले नेपाल रेडक्रस सोसाइटी रक्त संचार केन्द्रको प्राविधिक सहयोगमा गरिएको रक्तदान कार्यक्रममा ५६ युनिट रगत संकलन भएको बताए ।
नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देहीका अध्यक्ष कृष्ण चौहान क्षेत्रीले सामरिक, आर्थिक, ब्यवसायीक, पर्यटकीय पहिचान बनाएको रुपन्देही पछिल्लो समय सामाजिक क्षेत्रमा योगदान दिने रुपमा पनि अग्रसर रहेको बताए ।
संघका अध्यक्ष सुरज भट्टराईले व्यवसायी हितसंगै सामाजिक उत्तरदायित्व बहनमा आफूहरु निरन्तर लागेको बताए । मानव जीवनको महान दानमध्येमा रक्तदान सबैभन्दा महादान भएको भन्दै युवाहरुको अग्रसरता जरुरी रहेको बताए । कोभिड संक्रमणको जटिल परिस्थितिमा पनि रुपन्देहीका रक्तदाताहरुबाट देशकै लागि महत्वपूर्ण योगदान पुर्याएको उनले बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij