२०८२, आश्विन २ गते

Sep 18 2025 | २०८२, आश्विन २ गते

कृषकहरु धान रोपाईमा व्यस्त : जिल्लमा ६० प्रतिशत रोपाई सकियो

बुधवार , आषाढ ९, २०७८

  • 4.0K
    Shares
  • 4.0K
    Shares
  • परासी, ९ असार ।

    नवलपरासीमा हालसम्म ६० प्रतिशत धान रोपाई सकिएको छ । धान रोपाईको सिजनमा कृषकहरु समय समयमा बर्षाको पानी र गण्डक नहरमा पानी पाएपछि यतिबेला धान रोपाईमा व्यस्त भएका छन् । लकडाउनको समयमा किसानहरु सबै धानखेतीलाई प्राथमिकतामा राखी धान रोप्न व्यस्त छन् । 

    जिल्लामा कुल २१ हजार ५ सय ५२ हेक्टर क्षेत्रफलमा धान खेती हुदै आएको छ । जिल्लामा राधा, सावित्री, रामधान, साँभा, सोना मसुली, काभेरी,प्रसन्ना लगायत हाईब्रिड जातका धान खेती हुदै आएको छ । नेपाल सरकारले १२८ प्राजातीको धान सुचिकृत गरेको छ तर किसानहरु बढि उत्पादन लिन भारतीय हाईब्रिडका धानहरु लगाउने गरेको पाइएको छ । 

    कृषि ज्ञान केन्द्रले जिल्ला धान उत्पादन बढाउन धान ब्लक र धान प्रवर्द्धन कार्यक्रमहरु गर्दै आएको छ । खेतीका लागि सुहाउदो माटो, प्राविधिक सहयोग र प्रामर्श समेत गर्दै आएको केन्द्र प्रमुख देवेश कुमार मिश्राले जानकारी दिए । प्रमुख मिश्राले भने, अहिले जिल्लामा ६० प्रतिशत धान रोपाई सकिएको छ र असार २० गतेभित्रसम्ममा करिब सम्पुर्ण खेतको रोपाई सकिने अनुमान गरिएको जानकारी दिए ।