२०८२, मंसिर ८ गते

Nov 24 2025 | २०८२, मंसिर ८ गते

अफगानी सेनाद्वारा तखार प्रान्तका दुई जिल्ला पुनः नियन्त्रण

सोमवार , आषाढ ७, २०७८

  • 2.3K
    Shares
  • 2.3K
    Shares
  • काबुल, ७ असार :

    अफगानिस्तानको सरकारी फौजले उत्तरी तखार प्रान्तका दुई जिल्लालाई पुनः नियन्त्रणमा ल्याएको छ । उत्तरी क्षेत्रका सेनाका प्रवक्ता अब्दुल हाडी नजारीले गएराति सेनाले कारबाही गरी दुई जिल्लालाई पुनः सरकारी सेनाको नियन्त्रणमा ल्याएको जानकारी दिए ।

    सेनाले नियन्त्रण कायम गरेका जिल्लाहरुमा घार र बांगी रहेका छन् । यी दुई जिल्लालाई केही दिनअघि तालिबानी विद्रोही समूहले आफ्नो नियन्त्रणमा ल्याएका थिए । सैनिक प्रवक्ता नजारीले सेनाको कारबाहीका बारेमा विस्तृत विवरण भने दिनु भएको छैन, तर उनले दुबै जिल्लामा सेनाको नियन्त्रण कायम भएको बताए ।

    अफगानिस्तानका विद्रोही तालिबान लडाकू समूहले उत्तरी तालुकान प्रान्तका केही जिल्लालाई आफ्नो नियन्त्रणमा लिएका छन् । उनीहरुले तखार प्रान्तको राजधानी तालुकानमाथि पनि दबाब सिर्जना गरिरहेका छन् । सेनाले गरेको पछिल्लो कारबाहीका बारेमा तालिबान समूहले भने कुनै प्रतिक्रिया जनाएको छैन । अफगानिस्तानबाट आगामी सेप्टेम्बर ११ भित्रै अमेरिकी र नेटो आबद्ध सैनिकहरु फिर्ता हुन लागेसँगै अफगानिस्तानको प्रमुख विद्रोही समूह तालिबानले देशभर थप हिंसात्मक कारबाही थालेको छ । पछिल्लो एक महिनाभित्रै तालिबानले देशका ५० भन्दा बढी जिल्लालाई आफ्नो नियन्त्रणमा लिइसकेका छन् । रासस–सिन्ह्वा