२०८२, श्रावण १४ गते

Jul 30 2025 | २०८२, श्रावण १४ गते

चीनको लशानले पठाएको स्वास्थ्य सामग्री काठमाडौँमा

शनिवार , आषाढ ५, २०७८

काठमाडौँ, ५ असार ।
लुम्बिनी विकास कोषलाई चिनियाँ भगिनी संस्था चीनको लशान जाइण्ट बुद्ध रमणीय क्षेत्र व्यवस्थापन समितिले सहयोगस्वरुप उपलब्ध गराएको झण्डै रु ४० लाख बराबरको स्वास्थ्य सामग्री काठमाडौँ ल्याइएको छ । कोषको विशेष अनुरोधमा लशान नगरपालिका जनसरकारको तर्फबाट सो कमिटीले १५ थान अक्सिजन कन्सन्ट्रेटर, ५० हजार सर्जिकल मास्क, दुई हजार पीपीई र दुई हजार नै मेडिकल गगल्स उपलब्ध गराएको हो । 

कोषका प्रमुख प्रशासकीय अधिकृत ज्ञानिन राईले झण्डै रु दुई लाख २० हजार चिनियाँ युवान बराबरको स्वास्थ्य सामग्री खुनमिङ सहरबाट हिमालय एअरलाईन्सको चार्टर उडानमार्फत् शुक्रबार काठमाडौँ आइपुगेको जानकारी दिए । अनुदानमा प्राप्त सामग्री सक्दो छिटो लुम्बिनी पठाउने तयारी भइरहेको राईले बताए । 

तस्वीर  सौजन्य : लशान नगरपालिका जनसरकार, रासस