२०८२, श्रावण १४ गते

Jul 30 2025 | २०८२, श्रावण १४ गते

भारतमा एकैदिनमा ६० हजार संक्रमित, दैनिक संक्रमितको संख्या घट्दो

शनिवार , आषाढ ५, २०७८

नयाँ दिल्ली, ५ असार ।
भारतमा कोरोना भाइरसबाट दैनिक संक्रमितको संख्यामा कमी हुँदै आएको छ । पछिल्ला केही दिनदेखि दैनिक संक्रमितको संख्यामा निरन्तर कमी हुँदै आएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकले देखाएको छ । मन्त्रालयका अधिकारीका अनुसार पछिल्लो २४ घण्टामा भारतमा ६० हजार ७५३ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् ।   

पछिल्ला तथ्यांकलाई हेर्दा दैनिक संक्रमितको संख्यामा २.९८ प्रतिशतको दरले कमी हुँदै आएको मन्त्रालयले शनिबार जनाएको छ । भारतमा पछिल्लो २४ घण्टामा एक हजार ६४७ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको देखिएको छ । 

त्यसै गरी सोही अवधिमा कुल ९७ हजार ७४३ जना कोरोना भाइरसबाट संक्रमणमुक्त भएको मन्त्रालयको तथ्यांकमा उल्लेख गरिएको छ । भारतमा अहिलेसम्म कुल दुई करोड ९८ लाख २३ हजार ५४६ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् । तीमध्ये सात लाख ६० हजार १९ जना अहिले पनि संक्रमत अवस्थामै रहेको पाइएको छ । कोरोना भाइरसलाई जितेर संक्रमणमुक्त भएकाहरुको कुल संख्या भने दुई करोड ८६ लाख ७८ हजार ३९० रहेको छ । रासस