images

आइतवार, बैशाख १६ गते २०८१

दक्षिण कोरियामा कोभिडका संक्रमित घट्दै

दक्षिण कोरियामा कोभिडका संक्रमित घट्दै

images
images
images
शुक्रवार, आषाढ ४ २०७८
शुक्रवार, आषाढ ४ २०७८
  • दक्षिण कोरियामा कोभिडका संक्रमित घट्दै

    सोल

    ४ असार  ।

    images

    दक्षिण कोरियामा कोभिडका संक्रमितहरु घट्दै गएको बताइएको छ । यहाँका अधिकारीहरुले पछिल्ला केही हप्तामा यहाँ दैनिक देखिने संक्रमितको संख्यामा कमी आएको बताएका हुन् । दक्षिण कोरियाका  स्वास्थ्य अधिकारीहरुले यहाँ बिहीबार मात्र २४ घन्टामा ५०७ जना माात्र संक्रमित भेटिएको जानकारी दिएका छन् ।दक्षिण कोरियामा त्यसको अघिल्लो दिन अर्थात् बुधबार ५४० जना संक्रमितभेटिएका थिए । त्यो भन्दा अघिल्लो दिन यहाँ ५८० जना सङ्क्रमित भेटिएका थिए । यसअघिका हप्ताहरुका तुलनामा कोरियामा संक्रमितको संख्या घट्दै गएको देखिएको अधिकारीहरुले जनाएका छन् ।

    यहाँ अहिले पनि सबैभन्दा बढी संक्रमित राजधानी सोलमा देखिने गरेका छन् । गएको वर्षदेखि नै कोरियामा सबैभन्दा बढी संक्रमित राजधानी सोलमा देखिएका हुन् । बिहीबार देखिएका संक्रमितहरुमध्ये पनि सबैभन्दा धेरै राजधानी सोलमा १९७ जना देखिएका बताइएको छ । हालसम्म यहाँका १ लाख ५० हजार जना भन्दा बढी संक्रमित देखिएका छन् । त्यसै गरी यहाँ अहिलेसम्म करिब २ हजार जनाको कोभिडको संक्रमणबाट नै ज्यान गएको बताइएको छ । रासस

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij