२०८२, मंसिर ८ गते

Nov 24 2025 | २०८२, मंसिर ८ गते

मुख्यमन्त्री राउतद्वारा योग शिविरको शुभारम्भ

मंगलवार , आषाढ १, २०७८

  • 1.8K
    Shares
  • 1.8K
    Shares
  • धनुषा, १ असार ।
    मुख्यमन्त्री लालबाबु राउतले सातौं अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा सात दिवसीय योग शिविरको शुभारम्भ गरेका छन् । पतंञ्जली योग समिति प्रदेश नं. २ ले आयोजना गरेको योग शिवरको मुख्यमन्त्री राउतले भर्चुअल प्रविधिमार्फत शुभारम्भ गरेका हुन् ।

    सो अवसरमा उनले अहिलेको व्यस्त जीवनमा आफू स्वस्थ्य रहन योग अपरिहार्य रहेको बताए । योगलाई जनजनमा पुर्याउन रामदेवले खेल्नु भएको भूमिका एवं विश्व स्तरमा स्थापित गराउन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भूमिकालाई प्रशंसा गर्नु हुँदै मुख्यमन्त्री राउतले शहरी क्षेत्रमा मात्र सिमित योगलाई ग्रामीण क्षेत्रसम्म पुर्याउनुपर्नेमा जोड दिए ।

    समारोहमा प्रदेश सभा सदस्य एवं पतञ्जली योग समितिका प्रमुख सल्लाहकार कौशल यादवले स्वस्थ्य जीवनका लागि योगको महत्वका बारेमा प्रकाश पारेका थिए । योग समितिका प्रदेश अध्यक्ष हरिहरलाल चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादव, प्रमुख सचिव गोकर्णमणि दुवाडी, मुख्य न्यायाधिवक्ता दिपेन्द्र झा, पतञ्जली योग शिविरका पदाधिकारीहरुसहितको उपस्थिति थियो । रासस