images
images

आइतवार, जेठ ६ गते २०८१

इनरह्वील लुम्बिनीको सप्ताहव्यापी कार्यक्रम सुरु, सोमबार रक्तदान

इनरह्वील लुम्बिनीको सप्ताहव्यापी कार्यक्रम सुरु, सोमबार रक्तदान

images
images
images
सोमवार, जेठ ३१ २०७८
सोमवार, जेठ ३१ २०७८
  • इनरह्वील लुम्बिनीको सप्ताहव्यापी कार्यक्रम सुरु, सोमबार रक्तदान

    भैरहवा, ३१ जेठ ।
    इनरह्वील क्लब अफ लुम्बिनीले सप्ताहव्यापी कार्यक्रम सुरु गरेको छ । ड्राइभ द ह्वील अफ प्यासन अन्तर्गत ‘अ सेभेन डेज र्जनी’ भन्ने नाराका साथ कार्यक्रम सुरु भएको हो । सोही क्रममा सोमबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । विश्व रक्तदाता दिवसको अवसर पारेर सोमबार भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल (युसीएमएस) परिसरमा रक्तदानको आयोजना गरिएको क्लबका वर्ष २०२०/२१ का अध्यक्ष रचना क्षेत्रीले बताइन् । कोरोना महामारीको समयमा रगतको अभावमा कसैले ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको उनले बताइन् । सप्ताहव्यापी कार्यक्रम अन्तर्गत अस्पतालमा बिरामी, बिरामी कुरुवा र फ्रन्टलाइनरलाई निःशुल्क खाना वितरण, कोभिड प्रभावितलाई खाद्यान्न सामग्री वितरण, खाना पकाउने तालिम, मोबाइल फोटोग्राफी तालिम, इनरह्वील क्लब अफ लुम्बिनीको स्पोन्सरमा नयाँ क्लब स्थापना कार्यक्रम, बेसिक मेकअप वर्कसप, व्यक्तित्व तथा नेतृत्वसिप तालिम सञ्चालन कार्यक्रम गरिने क्षेत्रीले जानकारी दिइन् ।

    images
    images
    images

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि इनरह्वील क्लब अफ लुम्बिनीका संस्थापक अध्यक्ष ज्ञानु पौड्यालले विश्व रक्तदाता दिवसको अवसर पारेर क्लबले कार्यक्रम गर्नु प्रशंसनीय भएको बताइन् । उनले यो दिवसमा रक्तदान गर्नुपर्छ भन्ने सन्देश फैलाउनुपर्ने बताइन् । विश्वमा १०४ मुलुकका १ लाख बढी सदस्य इनरह्वील क्लबमा आबद्ध भएको उनले बताइन् । कोरोना महामारीमा रगतको अभाव हुन नदिन यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ थियो ।

    कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी रुपन्देही जिल्ला शाखा रक्त संचार सेवा केन्द्रका इञ्चार्ज केशरसिंह गाहा, नमुना एकीकृत विकास परिषद रुपन्देहीका टिम लिडर दिनेश पौड्याल, रोटरी क्लब अफ लुम्बिनी सिद्धार्थनगरका पूर्व अध्यक्ष जितेन्द्र शर्मा, इनरह्वील क्लबका उपाध्यक्ष मीना नेपाल पन्थीले रक्तदानको महत्वका बारेमा बोलेका थिए ।

    क्लबका अध्यक्ष रचना क्षेत्रीको अध्यक्षता, कार्यक्रम संयोजक नारायणी नेपालको स्वागत तथा सचिव रुविता कार्कीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा १५ युनिट रगत संकलन भएको क्लबले जनाएको छ ।
    कोरोना महामारीको बेला रगतको अभाव हुन नदिन इनरह्वील क्लबले रक्तदान कार्यक्रम आयोजना गर्नु प्रशंसनीय भएको कार्यक्रममा सहभागि रक्तदाता तथा समाजसेवी प्रख्यात बञ्जाडेले बताए ।

    IMG_8311.JPG

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij