२०८२, मंसिर ८ गते

Nov 24 2025 | २०८२, मंसिर ८ गते

रुपन्देहीमा थप एक साता निषेधाज्ञा

सोमवार , जेठ ३१, २०७८

  • 3.0K
    Shares
  • 3.0K
    Shares
  • भैरहवा । रुपन्देहीमा थप एक साता निषेधाज्ञा हुने भएको छ।  जिल्ला प्रशासन कार्यालय रुपन्देहीले निषेधाज्ञाको स्वरुप परिवर्तन गर्दै एक साता थप गर्ने निर्णय गरेको छ ।

    कोरोना भाइरसको दोस्रो लहर तिव्र गतीमा फैलिएपछि जिल्ला प्रशासन कार्यालय रुपन्देहीले  बैशाख १६ गते देखि निषेधाज्ञा जारी गरेको थियो।  

    जिल्लामा अहिले कोरोना संक्रमण दर घटेसँगै  जारी निषेधाज्ञालाई केही खुकुलो गरी असार ७ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञाको अवधी थपिएको जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जनाएको छ।

    मंगलबारदेखि लागु हुने गरी एक साता माछामासु, तरकारी, फलफूल तथा दुधजन्य सामग्रीका पसल बिहान ५ बजेदेखि बिहान ८ बजेसम्म र अन्य प्रकृतिका व्यवसाय भने बिहान ११ बजेदेखि साँझ ४ बजेसम्म सञ्चालन गर्न दिने प्रशासनले जनाएको छ ।

    होटल रेष्टुरेन्ट, पार्टी प्यालेस, सिनेमा हल, सेमिनार, तालिम गोष्ठी, सैलुन, मनोरञ्जन स्थल, डिपार्टमेन्टल स्टोर, सपिङ मल, ब्युटीपार्लर, स्वीमिङ पुल, संग्रहालय, जिमखाना, शिक्षण संस्था, प्रशिक्षण केन्द्रहरु, भाषा कक्षा, ट्युसन सेन्टर, निजी तथा सार्वजनिक सवारी चल्न पाउनेछैनन् ।

    lo 1.jpglo 2.jpglo 3.jpg

    lo 4.jpg

    lo5.jpg