images
images

आइतवार, जेठ ६ गते २०८१

गुल्मीमा असार ७ सम्म निषेधाज्ञा थपियो

गुल्मीमा असार ७ सम्म निषेधाज्ञा थपियो

images
images
images
सोमवार, जेठ ३१ २०७८
सोमवार, जेठ ३१ २०७८
  • गुल्मीमा असार ७ सम्म निषेधाज्ञा थपियो

    गुल्मी ।

    images
    images
    images

    बश्विब्यापी रुपमा फैलएिको कोरोना भाइरस अर्थात् कोभडि -१९ को संक्रमण नियिन्त्रणमा कम नभएको भन्दै गुल्मीमा असार ७ गते सम्म निषेधाज्ञा थप गरिएको छ। कोभिड -१९ संकट ब्यबस्थापन केन्द्रको बैठकले असार ७ गते राती १२ बजेसम्म निषेधाज्ञा थप गर्ने सोमबार निर्णय गरेको हो ।

    गत बैशाख १८ गते राती देखि जारी हुँदै आएको लकडाउनको समय सोमबार अर्थात् जेठ ३१ गते राती सकिदै छ । दोस्रो भेरियन्टको लहर नेपालमा तिब्र गतिमा फैलिएको र यसको नियन्त्रण गर्न निषेधाज्ञा १ हप्ताको लागि थपिएको प्रमुख जिल्ला अधिकारी ( सिडिओ) रुद्रादेवी शर्माले जानाकारी दिइन् । प्रमुख जिल्ला अधिकारी ( सिडिओ) शर्माका अनुशार पहिला भन्दा केही मोडालिटी परिवर्तन हुने गरि निषेधाज्ञा थप गरिएको छ । जिल्लामा रहेका खाद्यवस्तु बेच्ने पसल, बैंक तथा बत्तियि संस्थाहरुलाई पनि खुल्ने समय तोकिएको छ ।

    के- के खुल्छन् त निषेधाज्ञाको समयमा ?

    अत्यावश्यक उपभोग्य खाद्य बस्तु बेच्ने पसल, दूध, तरकारी, फलफूल, माछा, मासु, पानी, ग्यास, पेट्रोलयिम पदार्थ, तथा नर्मिाण सामाग्रीका पसलहरु, एग्रोभेट विहान ७ बजे देखि ११ बजेसम्म खुल्ने भएका छन् । यो समयमा जिल्लामा अबस्थित बैंक तथा बित्तिय संस्था पनि तोकिएको समयमै खुल्ने भएका हुन् ।

    जिल्लामा निर्माण सामाग्री , दुग्धजन्य सवारी , पुस्तक , कृषिजन्य पदार्थ तथा खाद्यान्नका सवारी चल्ने कोभिड -१९ संकट ब्यबस्थापन केन्द्र गुल्मीले जनाएको छ । जिल्लामा लागेको निषेधाज्ञाको समयमा अत्यावश्यक काम बाहेक नागरिकलाई ननिस्कन आग्रह गरिएको छ । निषेधाज्ञा उलंघन गर्ने वा आदेशको पालना गर्ने गराउने कार्यमा अबरोध गर्ने जुनसुकै उपर प्रचलति कानुन बमोजिमको कार्वाही हुने प्रशासनले जनाएको छ । अस्पताल, औषधि पसल २४ सौं घण्टा खुला रहनेछन् । कसैले यो आदेशको उल्लंघन गरेमा कोभिड -१९ संकट ब्याबस्थापन सम्बन्धमा ब्याबस्था गर्ने बनेको अध्यादेश २०७८ तथा स्थानीय प्रशासन ऎन २०२८अनुसार कार्वाही हुने बताइएको छ ।

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij