images

आइतवार, बैशाख २३ गते २०८१

ज्ञानगंगा पाठशालामा चिकित्सकसंग बालबालिका र अभिभावक कार्यक्रम 

ज्ञानगंगा पाठशालामा चिकित्सकसंग बालबालिका र अभिभावक कार्यक्रम 

images
images
images
आइतवार, जेठ ३० २०७८
आइतवार, जेठ ३० २०७८
  • ज्ञानगंगा पाठशालामा चिकित्सकसंग बालबालिका र अभिभावक कार्यक्रम 

    तिलोत्तमा, ३० जेठ । 
    रुपन्देहीको तिलोत्तमा नगरपालिका–४ शित्तलकुञ्जमा रहेको ज्ञानगंगा पाठशालामा शनिबार चिकित्सकसंग बालबालिका र अभिभावक कार्यक्रम सम्पन्न भएको छ । कोभिड–१९ महामारीबीच बालबालिकाको स्वास्थ्य र शिक्षाका सवालमा सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा) बुटवलका बरिष्ठ बालरोग विशेषज्ञ डा. बिनोद पराजुलीले परामर्श दिएका थिए ।

    images
    images
    images

    महामारीले बालबालिकामा पारेको मनोवैज्ञानिक असर र त्यसको व्यावस्थापनका बिषयमा पराजुलीले परामर्श दिएका हुन् । उनले बालबालिकाको सिकाई निरन्तरताका लागि अभिभावक र विद्यालयको जिम्मेवारीका विषयमा जोड दिएका थिए । अनलाइन माध्ययमा संचालित कार्यक्रममा अभिभावकहरुले विभिन्न स्वास्थ्य समस्याका बिषयमा डा. पराजुलीसंग परामर्श लिएका थिए ।

    कार्यक्रममा विद्यालयका प्रवन्ध निर्देशक युवराज न्यौपाने, प्राचार्य चन्द अधिकारी लगायतले बोलेका थिए । ज्ञानगंगा पाठशाला यसै शैक्षिक सत्रदेखि नयाँ शैक्षिक व्यवस्थापनमा संचालनमा रहेको छ ।  

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij