images

आइतवार, बैशाख २३ गते २०८१

बाँकेमा कोरोना महामारीको तेस्रो लहरविरुद्धको पूर्वतयारी

बाँकेमा कोरोना महामारीको तेस्रो लहरविरुद्धको पूर्वतयारी

images
images
images
शनिवार, जेठ २९ २०७८
शनिवार, जेठ २९ २०७८
  • बाँकेमा कोरोना महामारीको तेस्रो लहरविरुद्धको पूर्वतयारी

    राँझा, २९ जेठ ।
    कोरोना महामारीको पहिलो र दोस्रो लहरको सुरुवातमै केन्द्रविन्दु ‘हटस्पट’ बनेको बाँकेमा तेस्रो लहरको पूर्वतयारी शुरु भएको छ । यहाँका स्थानीय तहहरु यतिबेला तेस्रो लहरमा कोरोना भाइरस महामारी तीव्र रुपमा फैलिन सक्ने भएकाले त्यसको संक्रमण रोकथाम तथा प्रतिकार्यका लागि पूर्वतयारी गरिरहेका छन् ।

    images
    images
    images

    बाँकेमा अहिले काोरोना भाइरस संक्रमण र मृत्युदर ह्वातै घटे पनि पुनः तेस्रो लहरको महामारी फैलिन सक्ने भएकाले आवश्यक पूर्वतयारी सुरु गरिएको खजुरा गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले जानकारी दिए । उनले तेस्रो लहरको कोरोना महामारी फैलिन नदिन अहिलेदेखिनै योजना बनाएर काम सुरु गरिएको बताए । तेस्रो लहरको कोरोना महामारी नियन्त्रण तथा प्रतिकार्यका लागि आवश्यक पर्ने स्वास्थ्य सामग्री, स्वास्थ्यकर्मी, आइसोलेशन केन्द्र, अस्पताल तथा आवश्यक पर्ने बजेट व्यवस्थापन लगायत सवालमा पूर्वतयारी सुरु गरिएको उनको भनाइ छ । 

    नेपालगञ्ज उपमहानगरपालिकाले फेरि पनि कोरोना महामारी संक्रमण फैलिन सक्ने आशंका गर्दै आगामी आर्थिक वर्षको बजेट त्यसतर्फ लक्षित गरेर रोकथाम न्यूनीकरणका कार्यक्रम तय गर्ने भएको छ । त्यसका लागि प्रदेश, केन्द्र सरकार र स्वास्थ्यमा काम गर्ने संघ–संस्थासँग समन्वय गरेर आवश्यक पूर्वतयारी गरिएको उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजालले जानकारी दिए ।

    जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले तेस्रो लहरको कोरोना महामारीसँग जुध्न जिल्लास्तरमै आवश्यक रणनीति तयार गरेर अगाडि बढ्ने बताए । उनले बाँके भारतीय सीमावर्ती जिल्ला भएकोले आवागमनलाई रोक्ने, स्वास्थ्य जाँच बढाउने र स्थानीय तहहरुसँग समन्वय गरेर पूर्वतयारी र योजनाका साथ काम गरिने जानकारी दिए । 

    शुक्रबार बाँकेका तीनवटा प्रयोगशालामा गरिएको परीक्षणमा थप ६६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कूल १८४ नमूना परीक्षण गर्दा ती संख्यामा कोराना भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड व्यवस्थापन समितिले जनाएको छ । शुक्रबार भेरी अस्पतालको प्रयोगशालामा १२७ नमूना परीक्षण गर्दा ५६, मेडिकल कलेज कोहलपुरको प्रयोगशालामा परीक्षण गरिएको ३५ नमूनामा ३ र बागेश्वरी ल्याबमा गरिएको २२ नमूना परीक्षणमा ७ गरी कूल ६६ जना संक्रमित थपिएका हुन् । संक्रमण पुष्टि हुनेहरुमध्ये बाँकेका १० जना छन् । तीमध्ये पाँच महिला र पाँच रहेका छन् । 

    हालसम्म बाँकेमा ८१ हजार ६०८ जनाको पीसीआर परीक्षण गरिएको छ । बाँकेमा कोरोना भाइरस संक्रमणबाट ३०६ र बाहिरी जिल्लाबाट उपचारका लागि यहाँ आएका ३३० जनाको मृत्यु भएको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए । रासस

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij