images

सोमवार, बैशाख २४ गते २०८१

कोरोना संक्रमित बढेपछि जुम्लाको मिचागाउँ सील

कोरोना संक्रमित बढेपछि जुम्लाको मिचागाउँ सील

images
images
images
शनिवार, जेठ २९ २०७८
शनिवार, जेठ २९ २०७८
  • कोरोना संक्रमित बढेपछि जुम्लाको मिचागाउँ सील

    जुम्ला, २९ जेठ ।
    जुम्लाको चन्दननाथ नगरपालिका–७ खलङ्गा बजारसँग जोडिएको मिचागाउँमा कोरोना संक्रमित बढेपछि सील गरिएको छ । जिल्ला प्रशासन कार्यालयले सुरक्षा समितिको बैठक निर्णय अनुसार शुक्रबार बेलुका देखि सील गरेको हो । 

    images
    images
    images

    चन्दननाथ नगरपालिका स्वास्थ्य शाखा जनस्वास्थ्य निरीक्षक क्षेत्रबहादुर महतका अनुसार मिचागाउँमा १९ जना संक्रमित छन् । त्यस्तै महत गाउँमा ६ जना संक्रमित रहेका छन् । सबैलाई संस्थागत आइसोलेशनमा बस्न आग्रह गरेपनि नमानेपछि होम आइसोलेशनमा सुरक्षित बस्न आग्रह गरिएको र स्वास्थ्य सुरक्षा सामग्री घरमै पुर्याएको महतले बताए ।
    स्थानीय विजय रावलका अनुसार कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रण गर्न सरोकारवाला निकायको ध्यानाकर्षण गर्नुका साथै संक्रमित व्यक्तिहरुको निगरानी गर्दै सुरक्षा मापदण्ड अपनाउन सुझाइएको छ । यस्तै यसअघि तातोपानी गाउँपालिका–१ राकागाउँ र सोही गाउँपालिकाको–६ रावतवाडा गाउँ पनि सील गरी कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण गर्ने प्रयास गरिएको थियो । 

    संक्रमितहरुको सम्र्पकमा रहेका व्यक्तिको कन्ट्याक्ट टे«सिङ नहुन्जेलसम्म गाउँ नै सील गरिएको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले बताए । वैशाखदेखि यता जुम्लामा कोरोना संक्रमितको सङ्ख्या ५८९ पुगेको छ । यस्तै संक्रमणमुक्त भएको संख्या ३३२ रहेको जिल्ला प्रशासन कार्यालय जुम्लाले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख गरिएको छ । संक्रमणबाट चार जनाको मृत्यु भएको छ भने २९ जना कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको आइसोलेशन कक्षामा उपचाररत छन् । रासस

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij