images

बुधवार, बैशाख २६ गते २०८१

उदयपुरमा घट्दै कोरोना संक्रमण

उदयपुरमा घट्दै कोरोना संक्रमण

images
images
images
शनिवार, जेठ २९ २०७८
शनिवार, जेठ २९ २०७८
  • उदयपुरमा घट्दै कोरोना संक्रमण

    उदयपुर, २९ जेठ ।
    वैशाखको तेस्रो हप्तादेखि तीव्र रुपमा वृद्धि हुँदै गएको कोरोना संक्रमण जेठको अन्तिम हप्तामा आएर उदयपुर जिल्लामा सुधार हुँदै गएको छ ।स्वास्थ्य कार्यलय उदयपुरका अनुसार जेठको अन्तिम हप्तादेखि जिल्लामा कोरोना संक्रमणमा निकै कमी आएको छ । बढी संक्रमित भएको त्रियुगा नगरपालिकामा जेठको अन्तिम हप्तामा आएर ५ सय ३५ बाट संक्रमतहरु घटेर २ सय ९० मा झरेको स्वास्थ्य कार्यालय उदयपुरले बताएको छ । 

    images
    images
    images

    कटारी नगरपालिकामा १ सय १७ जना पुगेकोमा संक्रमित घटेर ४५ जनामा झरेकोे छ । रौतामाई गाउँपालिकामा ७६ जना रहेकोमा घटेर २९ जना र  लिम्चुङबुङ गाउँपालिमा ६४ जनाबाट संक्रमित घटेर हाल २४ जनामा झरेको छ । त्यस्तै अन्य स्थानीय तहमा पनि कमी आएको छ ।

    जिल्लाको आठै पालिकामा कोरोना सङ्क्रमणका दर घटेर निको हुनेहरुको सङख्यामा पनि वृद्धि हुँदै गएको स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख प्रसाद मोहन सुवेदीले बताएका छन् । जिल्लामा हालसम्ममा ४७ जनाको कोरोनाबाट मृत्यु भएको छ ।

    यसैबीच कोरोना संक्रमणको अवस्थालाई ध्यानमा राखेर जिल्ला प्रशासन कार्यालय उदयपुरले जिल्लामा निषेधाज्ञाको समय जेठ २८ बाट बढाएर असार ७ सम्म थपेको छ । थप गरिएको निषेधाज्ञामा बिहानको ७ बजेदेखि दिनको १२ बजे सम्म पसलहरु खोल्न दिइने छ । रासस

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij