२०८२, मंसिर ८ गते

Nov 24 2025 | २०८२, मंसिर ८ गते

राम्रा कार्यक्रमलाई निरन्तरता दिँदै नयाँ कार्यक्रम ल्याउँछु : सञ्चारमन्त्री थापा

शुक्रवार , जेठ २८, २०७८

  • 2.3K
    Shares
  • 2.3K
    Shares
  • काठमाण्डौ, २८ जेठ ।
    सञ्चार तथा सूचना प्रविधिमन्त्री नैनकला थापाले मन्त्रालयको लक्ष्य तथा योजना सफल पार्ने गरी आफ्नो ध्यान केन्द्रित गर्न मन्त्रालयका कर्मचारीलाई निर्देशन दिएकी छन् । मन्त्रालयका महाशाखा तथा शाखा प्रमुखसँग आज सम्पन्न छलफलमा उनले नयाँ बजेटमा घोषणा भएअनुरुप मन्त्रालयका कार्यक्रमलाई प्रभावकारी ढंगले सम्पादन हुने गरी कार्ययोजना बनाउनुपर्ने बताइन् । 

    कर्मचारीलाई परिणाम आउने गरी कार्यसम्पादन गर्न निर्देशन दिँदै उनले भनिन्, ‘कति ध्यान दिएर काम गरेँ भन्ने आफूलाई थाहा हुन्छ । आफ्नो कामबाट सबैभन्दा पहिले आफू सन्तुष्ट हुने गरी काम गर्नुहोस् ।’ 

    मन्त्री थापाले पहिलेको राम्रा कार्यक्रमलाई निरन्तरता दिइने तथा केही नयाँ कार्यक्रम ल्याउने गरी आफूले गृहकार्य गरिरहेको जानकारी दिइन् । अहिलेको सूचना प्रविधिको युगअनुरुप नेपालले यस क्षेत्रमा फड्को मार्न आवश्यक रहेकामा उनले जोड दिइन् । 

    सो अवसरमा मन्त्रालयका सचिव हरिप्रसाद बस्याल, महाशाखाका प्रमुख लगायतको उपस्थिति थियो । कार्यक्रममा मन्त्रालयले सम्पादन गरिरहेका काम तथा आगामी कार्यक्रमसम्बन्धी विस्तृत प्रस्तुतीकरण गरिएको थियो । रासस