images

बुधवार, बैशाख २६ गते २०८१

स्वास्थ्य सामग्री वितरण गर्दै सिद्धार्थनगर वडा नम्बर ५

स्वास्थ्य सामग्री वितरण गर्दै सिद्धार्थनगर वडा नम्बर ५

images
images
images
शुक्रवार, जेठ २८ २०७८
शुक्रवार, जेठ २८ २०७८
  • स्वास्थ्य सामग्री वितरण गर्दै सिद्धार्थनगर वडा नम्बर ५

    भैरहवा, २८ जेठ ।
    रुपन्देहीको सिद्धार्थनगर नगरपालिकास्थित वडा नम्बर ५ ले वडाका विपन्न घरधुरीलाई स्वास्थ्य सामग्री वितरण सुरु गरेको छ । कोरोना भाइरसको संक्रमणबाट बच्न आवश्यक पर्ने सर्जिकलसहितका स्वास्थ्य सामग्री वितरण सुरु गरेको हो ।  वडाका विभिन्न शिर्षकमा रहेको बजेटलाई खर्च गर्ने परिस्थिति नरहेको भन्दै वडावासीको जिउज्यानको सुरक्षा नै पहिलो प्राथमिकता रहेको वडाअध्यक्ष चेत बहादुर क्षेत्रीले बताए । 

    images
    images
    images

    वडाका २ सय विपन्न घरधुरीलाई ५ लाख बराबरको स्वास्थ्य सामग्री वितरण गर्न लागिएको उनले बताए । सामग्रीहरुमा जिंक ट्याब्लेट, क्यालसियम ट्याबलेट, मल्टी भिटामिन ट्याबलेट, भिटामिन सी, ह्याण्ड स्यानिटाइजर, सर्जिकल मास्क, हेण्डवास र हर्लिक्स वितरण गर्न लागिएको अध्यक्ष क्षेत्रीले बताए ।

    वडा नम्बर ५ मा रहेको नगरको पुरानो विद्यालय भैरहवा नमूना माध्यमिक विद्यालयका विद्यार्थी, शिक्षक र कर्मचारीलाई पनि १ लाख बराबरको मास्क, हेण्ड सेनिटाइजर शुक्रबार हस्तान्तरण गरिएको छ । 

    वडाअध्यक्ष क्षेत्रीले विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष नारायण प्रसाद अग्रवाल र प्राचार्य चुन्न प्रसाद पाण्डेलाई उक्त सामग्री हस्तान्तरण गरेका हुन् । विकास भन्ने कुरा बाटो घाटो निर्माण मात्र नभएर स्वास्थ्य पनि रहेको भन्दै सहभागिले खुशी व्यक्त गरेका थिए । 

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij