
मंगलवार , जेठ २५, २०७८
२५ जेठ, बेइजिङ ।
चीन सरकारले तीन वर्षमाथिका बालबालिकामा कोरोना विरुद्धको खोप लगाउन अनुमति दिएको छ ।
कोरोनाको तेस्रो लहरले बालबालिका सबैभन्दा धेरै जोखिममा पर्ने प्रक्षेपण भइरहेका बेला चीनले गरेको यो निर्णयले केही आशा जागेको छ ।
यती कम उमेरका बालबालिकामा खोप लगाउन अनुमति दिने चीन पहिलो मुलुक हो । हालसम्म १५ वटा खोप प्रयोगमा आएका छन् । १५ वटा खोपहरु सबैजसो १८ वर्षभन्दा माथिका वयस्कका लागि लगाइएको थियो।
चिनियाँ खोप उत्पादक कम्पनी सिनोभ्याकका अनुसार यो खोप ३ वर्ष माथिका बालबालीकालाई पनि १८ वर्षमाथिकालाई जत्तिकै प्रभावकारी रहेको छ ।
चीन सरकारले कहिलेदेखि बालबालिकालाई खोप लगाउन सुरु गर्छ भन्ने निश्चित भइसकेको छैन् । हाल चिनमा १८ वर्षमाथिका नागरिकलाई खोप लगाइँदै छ । हरेक दिन १ करोड ४० लाख नागरिकलाई खोप लगाइरहेको चीनले यो महिनाको अन्त्यसम्म ५६ करोड मानिसलाई खोप लगाइसक्ने लक्ष्य लिएको छ ।
नेपालले पनि गत शुक्रबार मात्रै सिनोभ्याकको खोपलाई नेपालमा व्यवसायिक आयात र प्रयोगका लागि अनुमति दिएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij