२०८२, श्रावण १२ गते

Jul 28 2025 | २०८२, श्रावण १२ गते

भैरहवामा भोलि ६२-६४ उमेर समूहलाई कोरोनाविरुद्धको खोप लगाइँदै

सोमवार , जेठ २४, २०७८

भैरहवा, २४ जेठ ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका (भैरहवा) मा मंगलबार (भोलि) कोरोनाविरुद्धको भेरोसेल खोप लगाइने भएको छ ।

सिद्धार्थनगरमा बसोबास गर्ने ६२ देखि ६४ उमेर समूहका नागरिकहरुका लागि मंगलबार कोभिड–१९ विरुद्धको खोप कार्यक्रम सञ्चालन गरिने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम मरासिनीले बताए । बिहान १० बजेदेखि बेलुकी ४ बजेसम्म युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज (युसीएमएस) रानीगाउँ भैरहवा, नगर स्वास्थ्य केन्द्र सि.न.पा.–१०, भानु माध्यमिक विद्यालय सि.न.पा.–९ गोलीगढ र भैरहवा नमुना मा.वि. सि.न.पा. ५ मा खोप सेवा लिन सकिने मरासिनीले जानकारी दिए ।

६२ देखि ६४ उमेर समूहका नागरिकले खोप केन्द्रमा उमेर खुल्ने प्रमाणका लागि नागरिकता लिएर पहिलो मात्राको खोप सेवा लिन सकिने नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख जनस्वास्थ्य अधिकृत पिताम्बर पाठकले जानकारी दिए । ‘२०१३ साल जेठ २६ गतेदेखि २०१६ साल जेठ २५ गतेसम्म जन्ममिति भएका नागरिकलाई भोलि खोप उपलब्ध गराइनेछ,’–जनस्वास्थ्य अधिकृत पाठकले भने । स्वास्थ्य कार्यालय, रुपन्देहीबाट प्राप्त खोप अनुसार भोलि ६२ देखि ६४ उमेर समूहका १ हजार ४५ जनालाई खोप सेवा उपलब्ध गराउन सकिने उनले बताए ।