सोमवार , जेठ २४, २०७८
चितवन, २४ जेठ । चितवनमा गोहीको आक्रमणबाट एक व्यक्तिको मृत्यु भएको छ।
भरतपुर २५ बस्कट्टा निवासी अन्दाजी ३५ वर्षका छन्नुराम बोटेको गोहीको अक्रमणबाट मृत्यु भएको हो। भरतपुर महानगरपालिका -२४ ध्रुवघाट क्षेत्रमा गोहीले बोटेलाई आक्रमण गरेको थियो।
बोटे गैरकानुनी रुपमा रातीको समयमा निकुञ्जमा माछा मार्न जाँदा गोहीले आक्रमण गरेको अनुमान निकुञ्जले गरेको छ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij