images

मंगलवार, बैशाख २५ गते २०८१

मानवीय क्रियाकलाप वातावरण संरक्षणमा केन्द्रित गर्नुपर्छ : मन्त्री पाण्डे

मानवीय क्रियाकलाप वातावरण संरक्षणमा केन्द्रित गर्नुपर्छ : मन्त्री पाण्डे

images
images
images
शनिवार, जेठ २२ २०७८
शनिवार, जेठ २२ २०७८
  • मानवीय क्रियाकलाप वातावरण संरक्षणमा केन्द्रित गर्नुपर्छ : मन्त्री पाण्डे

    भैरहवा, २२ जेठ ।
    लुम्बिनी प्रदेश सरकारका उद्योग, वन तथा वातावरण मन्त्री कल्पना पाण्डेले सम्पूर्ण प्राणीको अस्तित्व बचाउन प्रकृतिलाई अनुकुल बनाई वातावरणको रक्षा गर्नुपर्ने प्रकृति अनुकुल बनाउन सबैले वृक्षारोपण गर्नुपर्ने बताएकी छन् । सम्पूर्ण प्राणीको जीवन वातावरणमा निर्भर रहेकाले मानवीय क्रियाकलाप वातावरण संरक्षणमा केन्द्रित गर्न उनले सबैलाई आग्रह गरिन् । 

    images
    images
    images

    विश्व वातावरण दिवसको अवसरमा बेलहिया–बुटवल व्यापारीक मार्गस्थित ओमसतिया गाउँपालिका क्षेत्रमा ‘सडक किनारा वृक्षारोपण कार्यक्रम’को शुभारम्भ गर्दै मन्त्री पाण्डेले सन्तुलित वातावरणको निर्माण गर्न प्राकृतिक सम्पदाहरुको सही सदुपयोग गर्नुपर्ने बताइन् । 

    ‘प्रकृति, वातावरण र मानिसकबीच एकदमै घनिष्ट सम्बन्ध छ । तर आज मानिसले आफूलाई आवश्यक पर्ने प्राकृतिक स्रोतको उपयोग गर्दा वातावरणलाई कति असर गरेको छ त्यो ख्याल गर्दैनन्, यसले भुक्षय, बाढी, पहिरो, खडेरी, अतिवृष्टि जस्ता समस्या निम्त्याएको छ, ’मन्त्री पाण्डेले भनिन् । सबैजनाले घरमा कम्तिमा एउटा रुख रोपे वातावरण सन्तुलन हुँदै जाने उनले बताइन् । भौतिक विकास अपरिहार्य भएकाले अब प्रदेश सरकारले विकास संगसंगै वातावरण संरक्षणको काम पनि संगै गर्ने मन्त्री पाण्डेले बताइन् । 

    विकास निर्माणका काम गर्दा प्राकृतिक सम्पदाहरु नासिदै गइरहेका छन् । अब प्रदेश सरकारले विकास निर्माणका काम गर्दा हुने क्षति, निर्माण सकिएपछि वृक्षारोपण, प्राकृतिक जलाधार क्षेत्रहरुको निर्माण तथा संरक्षण गरी वातावरण अनुकुल हुने काम आगामी वर्षबाट सुरु गर्ने उनले बताइन् ।

    कार्यक्रममा बोल्दै उद्योग, वन तथा वातावरण मन्त्रालयका सचिव राजेन्द्र केसीले प्रतिकूल वातावरणलाई अनुकुल बनाउन वृक्षारोपण सबैभन्दा उपयोगी भएकाले मन्त्रालयले हरेक वर्ष वृक्षारोपण गरेर कार्यक्रम गर्ने गरेको बताए । वातावरण विनाश भए मानिसको अस्तित्व संकटमा पर्ने भएकाले रुख विरुवाको संचय गर्नुपर्ने उनले बताए । मानिसले प्राकृतिक स्रोतमा गरेको अत्याधिक दोहनले सम्पूर्ण जीवको जीवन संकटमा परेको महाशाखा प्रमुख दिपक ज्ञवालीले बताए । 

    भौतिक विकास र विकास निर्माणका काम वातावरण अनुकुल भए अहिले देखिएका प्राकृतिक समस्याहरु आधा कम हुने विज्ञहरुको दावी छ ।‘नयाँ सोच र सिर्जना, प्राकृतिक प्रणालीको पुनर्स्थापना’ भन्ने नाराका साथ आज विभिन्न कार्यक्रम गरी विश्व वातावरण दिवस मनाइँदैछ ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij