images

बिहिवार, बैशाख २७ गते २०८१

स्वास्थ्य सामग्री बाँड्दै राप्रपा युवा नेता रफिक शाह

स्वास्थ्य सामग्री बाँड्दै राप्रपा युवा नेता रफिक शाह

images
images
images
शनिवार, जेठ २२ २०७८
शनिवार, जेठ २२ २०७८
  • स्वास्थ्य सामग्री बाँड्दै राप्रपा युवा नेता रफिक शाह

    भैरहवा, २२ जेठ ।
    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रुपन्देहीका युवा नेता रफिक शाहले सुरक्षाकर्मी तथा सर्वसाधारणलाई स्वास्थ्य सुरक्षा सामग्री वितरण गरिरहेका छन् । उनले इलाका प्रहरी कार्यालय, प्रहरी चौकी तथा सियारी र मायादेवी गाउँपालिकाका नागरिकलाई स्वास्थ्य सामग्री वितरण गरेको हुन ।

    images
    images
    images

    एक हप्तादेखि उनले सुरु गरेको यो अभियान अन्तर्गत हालसम्म इलाका प्रहरी कार्यालय छपिया, इलाका प्रहरी कार्यालय बेथरी र प्रहरी चौकी रमवापुरलाई मास्क, सेनिटाइजर, फेस शिल्ड, स्प्रे–सेनिटाइजर प्रदान गरेका हुन् । उनले इप्रका छपियाका प्रमुख प्रहरी निरीक्षक शोभा पाण्डे, इप्रका बेथरीका प्रमुख प्रहरी नायब निरीक्षक बीरबल कुमाल र प्रहरी चौकी रमवापुरका प्रमुख प्रहरी सहायक निरीक्षक लक्ष्मण सेन ओलीलाई उक्त सामग्री हस्तान्तरण गरेका हुन् ।

    त्यस्तै सियारी र मायादेवी गाउँपालिका अन्तर्गतका विभिन्न क्षेत्रमा सर्वसाधारणलाई उनले मास्क वितरण गरेका छन् ।
    कोरोना महामारीको विषम परिस्थितिमा अग्रपंक्तिमा खटिएका सुरक्षाकर्मी र निषेधाज्ञाको पालना गर्दै घरमै बसेका नागरिकलाई केही भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यले स्वास्थ्य सामग्री वितरण गरेको युवा नेता शाहले बताए । ‘महामारीमा फ्रन्टलाइनमा रहेर काम गर्ने सुरक्षाकर्मी र निषेधाज्ञाको पालना गरी घरमै बस्ने नागरिक दुवैको भूमिका महत्वपूर्ण छ, उहाँहरुको आत्मबल बढाउन आवश्यक छ, ’उनले भने ।आगामी दिनमा पनि यो कार्यलाई निरन्तरता दिने उनको भनाइ छ ।

    युवा नेता रफिक शाहले विभिन्न क्षेत्रमा पुगेर स्वास्थ्य सामग्री वितरण गर्ने कार्य प्रशंसनीय रहेको स्थानीय शिवपुजन भुज बताउँछन् ।received_1290240371405337.jpeg

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij