२०८२, श्रावण १२ गते

Jul 28 2025 | २०८२, श्रावण १२ गते

राउण्ड टेबल नेपालद्वारा आम्दा अस्पताललाई स्वास्थ्य उपकरण प्रदान

बुधवार , जेठ १९, २०७८

बुटवल, १९ जेठ । 
सामाजिक क्षेत्रमा क्रियाशिल राउण्ड टेबल नेपालले सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा) लाई मेसिन (विपाप) हस्तान्तरण गरेको छ । कोरोना संक्रमितलाई सास फेर्न समस्या भएको अवस्थामा भेन्टिलेटरमा जडित एयरइन्टोइपुर एयरबेज आपूर्ति गर्ने उपकरण (विपाप) प्रदान गरिएको बुटवल टाईगर्स राउण्ड टेबल २८ कोषाध्यक्ष प्रदिप शाक्यले जानकारी दिए । 

राउण्ड टेबल नेपालको लाइफ लाइन कार्यक्रम अन्र्तगत नेपालभित्र कोभिड उपचार भइरहेका विभिन्न ठाउमा सरकारी अस्पताललाई मेसिन वितरण गर्दै आएको छ । 

राउण्ड टेबल नेपालको अहिलेसम्म २५ लाख बराबरको मेसिन हस्तान्तरण गरिसकेको र त्सै अन्र्तगत बुटवल टाइगर्स राउण्ड टेवल २८ बाट सिद्धार्थ बाल तथा महिला अस्पताललाई २ वटा मेसिन हस्तान्तरण गरेको राउण्ड टेबल २८ का उपाध्यक्ष उमेश अमात्यले बताए ।  कार्यक्रममा बुटवल टाइगर्स राउण्ड टेबल २८ का अध्यक्ष आनन्द ओझाले आम्दा अस्पतालका व्यवस्थापक धुर्व श्रेष्ठलाई उपकरण हस्तान्तरण गरेका हुन् ।