images

आइतवार, बैशाख १६ गते २०८१

निषेधाज्ञाका कारण दैनिक १० करोडको दुध नोक्सानी

निषेधाज्ञाका कारण दैनिक १० करोडको दुध नोक्सानी

images
images
images
बुधवार, जेठ १९ २०७८
बुधवार, जेठ १९ २०७८
  • निषेधाज्ञाका कारण दैनिक १० करोडको दुध नोक्सानी

    बुटवल, १९ जेष्ठ।

    images

    बिश्वब्यापी महामारीका रुपमा फैलिईरहेको कोरोना भाईरस संक्रमणका कारण दूध र दुग्धजन्य पदार्थको उत्पादनको तुलनामा खपतमा निकै कमि आएको छ। कोरोना संक्रमणको बर्तमान संकटका कारण जारी निषेधाज्ञाको समयमा नेपालमा पनि दैनिक करोडौं मुल्यको दुध र दुग्धजन्य पदार्थ खेर गएको र नेपाल डेरी एसोसियसनले जनाएको छ। 

    निषेधाज्ञाका कारण दुध र दुग्धजन्य पदार्थको खपतमा भारी गिरावट आएको तथा देशैभरि दूध र दुग्धजन्य सामग्रीको खपतमा गिरावट आएपछि दैनिक १० करोड बराबर दूध नोक्सानी हँुदै आएको नेपाल डेरी एसोसिएशनले जनाएको छ। हाल कुल उत्पादनको झण्डै ६० प्रतिशत दुध खेर गैरहेको एसोसिएशनका केन्द्रीय महासचिव प्रल्हाद दाहालले बताए। कुल उत्पादनको पचास प्रतिशत दुध कृषक स्वयंले उपभोग गर्ने गरेको पाइन्छ । 

    महासचिव दाहालका अनुसार कोरोना महामारी अगावैको सहज अवस्थामा दैनिक ३१ लाख लिटर बराबरको दूध र दुग्धजन्य सामग्रीको खपत हुने गरेकामा अहिले कोरोना महामारीको अवस्थामा दैनिक मात्र १३ लाख लिटर बराबरको दूध र दुग्धजन्य सामग्रीको खपत हुने गरेको तथ्यांक छ। नेपालमा दुग्ध क्षेत्रको कूल ग्राहस्थ्य उत्पादनमा ९ प्रतिशत योगदान गरेको छ। 

    दाहालका अनुसार नेपालमा घरेलु, साना, मझौला र ठूला डेरी उद्योग गरी चार प्रकारका डेरी उद्योग छन्। देशभर सबै प्रकारका डेरीको तथ्याङ्क हेर्दा करीब सात हजार छन्। कोरोना महामारीका कारण सानादेखि ठूलासम्मका होटेल व्यवसाय, पार्टी प्यालेसलगायतका दूध र दुग्धजन्य सामग्रीको खपत हुने क्षेत्रमा परेको प्रभावका कारण खपत घटेपछि दैनिक रुपमा रु १० करोड बराबरको दूध खेर गई नोक्सानी हुँदै आएको एसोसिएशनका महासचिव दाहालले बताएका छन्। 

    नेपालमा वार्षिक राजश्व तीन अर्बभन्दा बढी दुग्ध उत्पादक तथा ब्यबसाय क्षेत्रले राजश्व बुझाउने गर्दछ । देशभर जम्मा दूध उत्पादन ६२ लाख लिटर छ । यद्यपि ५० प्रतिशत अझै पनि व्यवस्थित रुपमा बजारीकरण हुन सकेको छैन। औपचारिक क्षेत्रमा १७ प्रतिशत बजार रहेको छ भने अनौपचारिक क्षेत्रमा ३३ प्रतिशत छ। 

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij