
मंगलवार , जेठ १८, २०७८
बुटवल, १८ जेठ ।
कोरोना भाइरस (कोभिड–१९) को महामारीकाविरुद्ध जारी लडाईमा विभिन्न क्षेत्रबाट सहकार्य भइरहेको छ । यसै क्रममा लुम्बिनी विद्युत उद्योग प्रा.लि.ले उपचारार्थ सहयोगका लागि अक्सिजन सिलिण्डर प्रदान गरेको छ ।
लुम्बिनी प्रादेशिक अस्पतालमा मंगलबार बिहान एक संक्षिप्त समारोहबीच ३० थान अक्सिजन सिलिण्डर हस्तान्तरण गरिएको छ । उक्त अवसरमा बुटवल उपमहानगरपालिका प्रमुख शिवराज सुवेदी, अस्पतालका अध्यक्ष सूर्यबहादुर भट्टराई, मेडिकल सुपरिटेण्डेण्ट डा. राजेन्द्र खनाललाई लुम्बिनी विद्युत उद्योग प्रालिका तर्फबाट प्रबन्ध निर्देशक रोहित गुप्तासहितको टोलीले हस्तान्तरण गरिएको हो ।
महामारीकाविरुद्ध उद्योगका तर्फबाट भएको मानवीय सेवाप्रति उपमहानगरपालिका तथा अस्पतालले धन्यवाद ज्ञापन गरेका छन् । उपमहानगर प्रमुख शिवराज सुवेदीले सबैको सहकार्य र समन्वयमा नै महामारीविरुद्धको लडाई जित्न सकिने भन्दै सबै क्षेत्रबाट सकारात्मक सोंच सहितको सहकार्यको खाँचो रहेको बताए ।
अस्पतालका अध्यक्ष सूर्यबहादुर भट्टराई, मेसु डा. राजेन्द्र खनालले अस्पतालसंग गरिएको सहकार्यले स्वास्थ्यकर्मीमा समेत हौसला बढ्ने र उपचाररत बिरामीमा मनोबल बढाउन पनि काम गर्ने भन्दै धन्यवाद ज्ञापन गरेका थिए ।
उक्त अवसरमा उद्योगका प्रबन्ध निर्देशक रोहित गुप्ता, महाप्रबन्धक मनोज घिमिरे र एचआर म्यानेजर भुवन गिरीले महामारी
विरुद्धको लडाइँमा उद्योगका तर्फबाट आफुहरुले पनि अस्पतालको काममा समन्वय गर्ने अवसर प्राप्त भएको भन्दै सहकार्य जारी राखिने प्रतिवद्धता व्यक्त गरेका थिए । मानवीय सेवा भाव र महामारीविरुद्धको विद्यमान लडाईमा यसखालका सहयोग र सहकार्यको महत्वपूर्ण भूमिका रहने कार्यक्रमका सहभागिको साझा भनाइ थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij