२०८२, श्रावण १२ गते

Jul 28 2025 | २०८२, श्रावण १२ गते

महामारीविरुद्ध बुटवलको अर्को प्रयास !

बुटवल उपमहानगरमा परीक्षणको दायरा विस्तार

आइतवार , जेठ १६, २०७८

बुटवल, १६ जेठ ।
बुटवलमा एकसाथ सयौंको कोभिड परीक्षण गरिने भएको छ । बुटवल उपमहानगरपालिकाले सबै वडाका धेरै संक्रमित भेटिएका र जोखिमपूर्ण ञहस्टस्पटझ क्षेत्र पहिचान गरि एकसाथ धेरैजनाको एन्टिजेनबाट परीक्षण गर्नेभएको छ । भोलि जेठ १७ गतेदेखि यो परीक्षण सुरु हुनेछ । 

जनस्वास्थ्यको संवेदनशिलता र महामारीविरुद्धको जारी अभियानलाई प्रभावकारी बनाउन एकैपटक सबैतिरबाट परीक्षण गर्न लागिएको प्रमुख शिवराज सुवेदीले बताए । उनले वडा र स्वास्थ्यकर्मीलाई जिम्मेवारी तोकेर फिल्डमा परिचालन गरिएको बताए ।

महामारी नियन्त्रणका लागि रुपन्देहीको बुटवल उपमहागरपालिकाले नमुना र उदाहरणीय काम गर्दै आएको छ । संक्रमितलाई हौसला बढाउन आयुर्वेद ओखती, भिटामिन र जरुरी परेकालाई अक्सिजन सिलिण्डर नै बोकेर बुटवलका जनप्रतिनिधि र स्वास्थ्यकर्मी घरदैलोमा पुगेका छन् ।194117942_149690890514284_7090380550586948407_n.jpg