
शनिवार , भाद्र ६, २०७७
अर्घाखाँची, ६ भदौ ।
अर्घाखाँचीमा पछिल्लो समय पिङ लोप हुने अवस्थामा पुगेको छ । तीज पर्व र दशैं–तिहारमा युवाहरु जमघट भएर गाउँ बस्तीका टोलटोलमा हालिने र खेलिने पिङ लोप हुँदै गएको जिल्लाको मालारानी गाउँपालिकाका बसन्त खड्काको भनाइ छ ।
युवा भेला भइ हरियो खर काटेर आवश्यकता अनुसार लम्बाई र ३ देखि ६ सरेसम्म बाटेर बलियो रुखको हांगोमा बानेर युवा वर्गले जुटेर पिङ लगाएर कसले धेरै मच्चाउने र खेलिने पिङको प्रतिष्पर्धा गर्ने चलन लोप हुदै गएको खड्काले बताए ।टोलटोलामा खेलिने पिङ आजभोली त देख्न समेत नपाइएको जानकारहरु बताउँछन । पिङ किशोर, युवादेखि वयस्कसम्म सबै वर्गका मानिसको रुचीको विषय हो ।
अर्कोतर्फ पछिल्लो समय अधिकांश युवा विदेश तथा जिल्ला बाहिर रोजगारको लागि जादाँ गाउँघरमा युवा वर्ग कम मात्र हुनाले पछिल्लो समय पिङ लोप हुँदै गएको पाका पुस्ताको भनाई छ ।केही युवा भए ता पनि हिजोआज भने आधुनिक जीवनशैलीसँगै नेपाली यस्ता संस्कृति विस्तारै हराउँदै गएकोमा पाका पुस्ता चिन्ता प्रकट गर्छन ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij