२०८२, श्रावण ११ गते

Jul 27 2025 | २०८२, श्रावण ११ गते

रेयुकाई भैरहवाद्वारा आइसोलेशनलाई सहयोग

शुक्रवार , जेठ १४, २०७८

भैरहवा, १४ जेठ ।
युराशिया रेयुकाई १७ औं शाखा भैरहवाले सिद्धार्थनगर नगरपालिकाद्धारा बसपार्कमा सञ्चालित आइसोलेशन सेन्टरलाई नगद सहयोग गरेको छ । शाखाले २२ थान अक्सिजन सिलिण्डर रिफिल गर्नका लागि २२ हजार रुपैयाँ सहयोग गरेको हो । 

कोरोना महामारी (कोभिड–१९) का बिरामीहरुलाई उपचारमा सहयोग पुगोेस् भन्ने उद्देश्यले १७ औं शाखाका लिर्डसहरुद्धारा उठाइएको सो रकम हस्तान्तरण गरिएको शाखाका अध्यक्ष तिल कुमारी गुरुङले बताइन् ।

रेयुकाई १७ औं शाखा भैरहवा सञ्चालक समितिका सदस्य देव प्रसाद ज्ञवालीले नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम मरासिनीलाई सो रकम हस्तान्तरण गरेका हुन् ।