२०८२, मंसिर ८ गते

Nov 24 2025 | २०८२, मंसिर ८ गते

दाङमा पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल चढेको गाडी दुर्घटना

बुधवार , जेठ १२, २०७८

  • 2.6K
    Shares
  • 2.6K
    Shares
  • दाङ जेठ १२ गते।  

    दाङमा पत्रकार सवार कारलाई स्कारपियोले ठक्कर दिएको छ । आज नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष बिपुल पोख्रेल, महासंघ दाङ अध्यक्ष दुर्गा केसि ,उपाध्यक्ष सन्तोष सुवेदी र सल्लाहकार सुदीप गौतम चढेको कारलाई तुलसीपुरको उद्योग वाणिज्य संघ नजिकै रा १ च ९५५ को स्कारपियोल ठक्कर दिएको हो ।

    दुर्घटनामा निवर्तमान अध्यक्ष सुदिप गौतमलाई सामान्य चोट लागेको छ भने बाँकी सकुशल रहेका छन् । गौतमको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी शिवबहादुर सिंहले जानकारी दिए ।

    दुर्घटनामा गाडिमा क्षति पुगेको छ । पत्रकारको टोली नेपाल पत्रकार महासंघ दाङका साधारण सदस्य हेमन्त शर्मालाई भेटेर फर्किदै थियो । ठक्कर दिने गाडीलाई ईलाका प्रहरी कार्यालय तुलसीपुरमा राखिएको छ ।