२०८३, मंसिर ६ गते

Nov 22 2026 | २०८३, मंसिर ६ गते

एमाले नेता गोविन्द पन्थीको निधनको छैटौं दिनमा श्रद्धाञ्जली सभा

आइतवार , मंसिर ६, २०८३

  • 136
    Shares
  • 136
    Shares
  • बुटवल, ६ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का पुराना नेता तथा बुटवल उपमहानगर कमिटीको ज्येष्ठ कम्युनिष्ट मञ्चका सदस्य गोविन्द प्रसाद पन्थीको निधनको छैटौं दिनमा श्रद्धाञ्जली सभा गरिएको छ । एमाले बुटवल नगर कमिटीको आयोजनामा शनिबार बुटवल उपमहानगरपालिका–१३ मा सभा गरिएको हो ।

    एमाले बुटवल नगर कमिटीका सचिव दिननाथ भट्टराईको अध्यक्षता तथा पार्टीका स्थायी कमिटी सदस्य प्रदीप ज्ञवालीको प्रमुख आतिथ्यतामा आयोजित सभामा ज्ञवालीले नेपाली समाजमा नयाँ र पुरानो पुस्ताबीच खाडल सिर्जना गर्न खोजिनु उचित नभएको बताउनुभयो । उहाँले पुरानो पुस्ताको अनुभव र नयाँ पुस्ताको ऊर्जालाई समाज विकासको आधारका रूपमा उपयोग गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

    कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले धन्यवाद ज्ञापन गर्नुभएको थियो । सभाको सहजीकरण बुटवल उपमहानगरपालिका–१३ का वडा कमिटी अध्यक्ष दीपक पन्थीले गर्नुभएको थियो ।

    916725040_3419559348229365_6544641393915727239_n.jpg

    श्रद्धाञ्जली सभामा लुम्बिनी प्रदेशका सामाजिक विकासमन्त्री रामजी प्रसाद घिमिरे, एमाले रुपन्देहीका जिल्ला अध्यक्ष यज्ञ गैरे, प्रदेश सभा सदस्य चिन्तामणि पाण्डेलगायत पार्टीका नेता, कार्यकर्ता तथा स्थानीयवासीको उपस्थिति थियो ।
    अर्घाखाँचीको साविक भगवती गाविस (हाल छत्रदेव गाउँपालिका–७) मा १९९७ साल भदौ ४ गते पिता परमानन्द पन्थी र माता मनकला पन्थीका ज्येष्ठ सुपुत्रका रूपमा जन्मनुभएका गोविन्दप्रसाद पन्थीको २०८३ साल कात्तिक ३० गते निधन भएको थियो । उहाँ २०६५ सालदेखि बुटवल उपमहानगरपालिका–१३, बेलवासस्थित लालीगुराँस पथमा बस्दै आउनुभएको थियो ।

    स्वर्गीय पन्थीका श्रीमती मनकला पन्थी, छोरा चेतनारायण पन्थी, बुहारी सावित्रा गौतम पन्थी, पाँच छोरी, ज्वाइँ तथा १४ जना नातिनातिना हुनुहुन्छ । उहाँकी माइली छोरी दीपा आचार्य एमाले निकट अखिल नेपाल महिला संघ, अर्घाखाँचीकी जिल्ला अध्यक्ष हुनुहुन्छ भने ज्वाइँ चेतनारायण आचार्य एमाले केन्द्रीय कमिटी सदस्य एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री हुनुहुन्छ ।

    उहाँका छोरीहरूमा जेठी उमकला पौडेल, माइली दीपा आचार्य, साइँली तुलसा खनाल, काइँली गीता ढकाल र कान्छी सीता आचार्य हुनुहुन्छ । उहाँका ज्वाइँहरू लक्ष्मण पौडेल, चेतनारायण आचार्य, देवी खनाल, ईश्वर ढकाल र लिलाधर आचार्य हुनुहुन्छ ।

    यसअघि कात्तिक ३० गते निधन भएकै दिन एमालेले पार्टीको झण्डा ओढाएर उहाँप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गरेको थियो । उहाँको अन्तिम संस्कार गुल्मीको रिडीस्थित कालीगण्डकी घाटमा गरिएको थियो ।