आइतवार , मंसिर ६, २०८३
भैरहवा, ६ मंसिर । किसान सहकारी संस्था लिमिटेड, सिद्धार्थनगर नगरपालिका–८, रुपन्देहीको ४९ औँ वार्षिक साधारण सभा तथा अधिवेशन शनिबार भैरहवामा सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष कृष्ण प्रसाद अधिकारी (सागर) को अध्यक्षतामा सम्पन्न सभाको उद्घाटन नेपाल राष्ट्र बैंकका पूर्व उपनिर्देशक जीवनप्रकाश पाण्डेले गर्नुभएको थियो । सभाको उद्घाटन गर्दै पाण्डेले सहकारी सदस्यकेन्द्रित संस्था भएकाले यसमा शेयर सदस्यको भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।
कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाको सहकारी शाखा प्रमुख कमलकान्त खनाल, सहकारी विज्ञ चन्द्रकान्त भट्टराई, वरिष्ठ अधिवक्ता धर्मबहादुर खड्का, राष्ट्रिय बीमा कम्पनीका प्रमुख शिवप्रसाद खनाल, चेम्बर अफ कमर्स रुपन्देहीको महासचिव लक्ष्मी अधिकारी, सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका कार्यसमिति सदस्य कमल ज्ञवाली, सहकारीका व्यवस्थापक कृष्ण न्यौपाने लगायतले बोल्दै सहकारीको महत्व र वर्तमान समस्याबारे चर्चा गर्नुभएको थियो ।
कार्यक्रममा अध्यक्ष अधिकारीले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सो अवसरमा असल ऋणीतर्फ प्रकाश भट्टराई र टिकम राना तथा असल उद्यमीतर्फ जमुना खनाल र हरदेव यादवलाई सम्मान गरिएको थियो ।
संस्थाका कार्यसमिति सदस्य अप्सरा पाण्डेको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन सचिव खगेन्द्र शर्मा काफ्लेले गर्नुभएको थियो ।
यसैबीच, शनिबार सम्पन्न अधिवेशनले पुनः कृष्ण प्रसाद अधिकारी (सागर) को अध्यक्षतामा नयाँ सञ्चालक समिति निर्विरोध निर्वाचित गरेको छ । समितिको उपाध्यक्षमा गीता पन्थ र सचिवमा खगेन्द्र शर्मा काफ्ले चयन हुनुभएको छ ।
त्यसै गरी सदस्यहरूमा सुरज भण्डारी, दिनेश पोखरेल, अन्तिमा पाण्डे, अप्सरा पाण्डे पन्थी, दिवाकर भुषाल र लेखनाथ पोखरेल निर्वाचित हुनुभएको निर्वाचन अधिकृत धर्मबहादुर खड्काले जानकारी दिनुभयो ।
लेखा सुपरीवेक्षण समितिको संयोजकमा कृष्णनारायण चौधरी तथा सदस्यमा तुलसीराम इटनी र रिदिमा सिग्देल चयन हुनुभएको छ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij