२०८३, मंसिर ६ गते

Nov 22 2026 | २०८३, मंसिर ६ गते

रुद्रगढ भैरहवाको नियमित भजन कार्यक्रम सम्पन्न

आइतवार , मंसिर ६, २०८३

  • 40
    Shares
  • 40
    Shares
  • भैरहवा, ६ मंसिर । धर्म, संस्कार तथा संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले क्रियाशील रुद्रगढ भैरहवाले शनिबार नियमित भजन कार्यक्रम सम्पन्न गरेको छ । हरेक शनिबार भजन कार्यक्रम सञ्चालन गर्दै आएको संस्थाले यसपटक भैरहवास्थित सनसाइन स्कूलमा कार्यक्रम आयोजना गरेको हो ।

    कार्यक्रममा भजनकीर्तनमार्फत धार्मिक आस्था, भक्तिभाव तथा सांस्कृतिक परम्पराको प्रस्तुति गरिएको थियो ।

    WhatsApp Image 2026-11-22 at 7.12.30 AM (1).jpeg

    धर्म, संस्कार र संस्कृतिको संरक्षणसँगै सामाजिक सद्भाव कायम गर्ने तथा साँस्कृतिक चेतना अभिवृद्धि गर्ने उद्देश्यले संस्थाले नियमित रूपमा यस्ता धार्मिक तथा सामाजिक गतिविधि सञ्चालन गर्दै आएको छ ।

    WhatsApp Image 2026-11-22 at 7.12.30 AM.jpeg

    रुद्रगढ भैरहवाका कोषाध्यक्ष राजन अर्यालले धर्म, संस्कार र संस्कृतिको संरक्षण गर्नुका साथै समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने लक्ष्यसहित संस्था निरन्तर सामाजिक तथा धार्मिक कार्यमा क्रियाशील रहेको बताउनुभयो । उहाँले यस्ता कार्यक्रमले धार्मिक आस्था, सामाजिक एकता र सांस्कृतिक पहिचानलाई थप मजबुत बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।